१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरादहमा बम बिस्फोट, प्रमुख प्रशासकिय अधिकृतकाे गाडीमा क्षति


२३ भाद्र २०७६, सोमबार  

0
Shares

20190909_070743

गाैरादह २३, भाद्र / झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले प्रयोग गर्दै आएकाे गाडीमा बम बिस्फोट भएकाे छ ।
बा.२ झ २५७० नम्बरकाे गौरादह नगरपालिकाको महेन्द्रा स्कोर्पियो गाडी पूर्ण क्षति पुगेको छ । आज राती करिब १२ः४५ को समयमा बिस्फोटको ठूलो आवज सुनिएको स्थानीयले बताए ।
गौरादह वार्ड नं ३ धोबिनियामा प्रमुख प्रशाशकीय अधिकृत सागर मिश्र डेरा गरी बस्ने घरमो आँगनमा पार्किङ्ग गरी राखिएको ठाउँमा सो बिस्फोट गराईएको हो । बिस्फटले कुनै मानबीय क्षती नभएपनि घरका झ्यालका सिसाहरु फुट्नुका साथै घरको केही भागहरु चर्किएको गाैरादह प्रहरी चाैकीका सहायक प्रहरी निरीक्षक विनाेद श्रेष्ठले बताए ।
घटना स्थललाई प्रहरीले घेराहाली अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १ : २१ बजे