३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

डेभिड वार्नरको अर्को कीर्तिमान


२२ पुस २०७३, शुक्रबार  

0
Shares

David-Warner-250x150काठमाडौं , २२ पुस / अष्ट्रेलियाका डेभिड वार्नरले २३ बलमा अर्धशतक हान्दै टेष्ट क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । यो टेष्ट क्रिकेटको इतिहासमा सबैभन्दा कम बलमा बनेको दोस्रो शर्धशतक हो ।

निक्कै उत्कृष्ट लयमा रहेका बार्नरले पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेष्टको दोस्रो पारीमा आक्रामक ब्याटिङ गरे । उनले वेष्ट इण्डिजका ब्रुस यार्डलेले १९७८ मार्चमा बनाएको २९ बलमा अर्धशतकको रेकर्डलाई पछि पारे ।

साथै टेष्ट इतिहासकै सबैभन्दा कम बलको रेकर्ड भेट्टाउन मात्र २ बलले पछि रहे । पाकिस्तानका मिस्बाह उल हकले २०१४ अक्टोबरमा अष्ट्रेलियाविरुद्ध २१ बलमै अर्धशतक बनाएका थिए ।

यसअघि पहिलो इनिङमा ७८ बलमा १०० रन पूरा गर्दै उनले सिड्नी क्रिकेट मैदानमा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाएका थिए ।

प्रकाशित मिति : २२ पुस २०७३, शुक्रबार  ९ : ४९ बजे