१ श्रावण २०८१, मंगलबार | Tue Jul 16 2024

सामुहिक बलात्कारपछि हत्या: १९ बर्ष पछि पिडित राजवंशी परिवारले पाए राहत


८ कार्तिक २०७६, शुक्रबार  

0
Shares

20191025_113835

भद्रपुर ८, कार्तिक / ८० वर्ष नाघेका झापा, भद्रपुर ९ का राजकुमार राजवंशीले १९ वर्ष बेचैनीमा बिताए । सामूहिक बलात्कारपछि हत्या गरिएकी माइली छोरी सन्ध्यालाई न्याय दिलाउन झन्डै दुई दशक दौडधुप गरे ।

हत्याका मुख्य आरोपी स्थानीय बासिन्दा लीलाराज गौतमलाई प्रहरीले अमेरिकामा पक्राउ गरेपछि बल्ल उनले चैनको सास फेरेका छन् । गौतमलाई सन् २०१८ फेब्रुअरी १३ मा इन्टरपोल वासिङ्टनको सहयोगमा पक्राउ गरिएको थियो ।

एक दशकभन्दा लामो समयदेखि अमेरिकामा लुकेर बसेका आरोपीलाई प्रहरीले बुधबार नेपाल ल्याएको छ । ‘ढिलै भए पनि प्रहरीले आरोपीलाई पक्राउ गरेकामा खुसी लागेको छ,’ राजकुमारले भने, ‘लामो समयपछि पनि न्याय पाएकामा सन्तोष लागेको छ ।’

२०५७ मा चन्द्रगढीको पुहाँतुवारीमा घटना भएको थियो । १९ वर्षीया सन्ध्या राजवंशीको सामूहिक बलात्कारपछि घाँटी थिचेर हत्या गरी बकाइनोको रूखमा झुन्ड्याइएको थियो । घटनामा संलग्न लीलाराजलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो । करिब १९ वर्षपछि उनी पक्राउ परेका हुन् । अन्य दुई जना सीताराम बस्नेत र मनोज खड्का दुई वर्षअघि काठमाडौंबाट पक्राउ परिसकेका छन् । उनीहरू अहिले डिल्लीबजार कारागारमा छन् ।

लीलाराज भारत हुँदै अमेरिका छिरेका थिए । त्यहाँ उनलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले इन्टरपोलमार्फत १९ वर्षपछि सफलता हात पारेको हो । यसले लामो समयदेखि न्याय पाउने आशामा रहेका सन्ध्याको परिवारलाई राहत मिलेको छ ।

घटना यस्तो थियो
२०५७ असोज २९ गते साँझ पर्न लागेको थियो । १९ वर्षीया सन्ध्या कामबाट केही समय पहिले मात्रै घर आइपुगेकी थिइन् । उनी भद्रपुरको कपडा कारखाना मोमेन्टो एपरेल्स उद्योगमा काम गर्थिन् । घरको पिँढीमा बसेर खाना खाइरहेकी थिइन् । त्यही बेला स्थानीय सीताराम बस्नेत सन्ध्याको घर आए । उनलाई कानमा खासखुस गरे अनि गए । पिता राजकुमारका अनुसार खाना खाएपछि सन्ध्या एक छिन चोक पुगेर आउँछु है भन्दै हिँडेकी थिइन् । राजकुमारले नाइनास्ति गरेनन् । बरु चाँडै आउन भने । ७ बजेतिर घरबाट सीतारामको पछिपछि निस्किएकी उनी अबेरसम्म फर्किइनन् । ‘छोरी राति घर आइन,’ राजकुमारले भने, ‘कतै साथीहरूसँगै बसिहोला भन्ने भयो ।’ भोलिपल्ट बिहानै गाउँमा हल्ला चल्यो, चारआली जंगल नजिकै एउटी केटी झुन्डिएकी छे भन्ने । त्यो हल्ला सन्ध्याको घरसम्म आइपुग्यो । यो सुनेर राजकुमारको मनमा चिसो पस्यो । अत्तालिँदै घटनास्थल पुगे । त्यहाँ पुग्दा उनलाई जमिन भासिएजस्तो भयो । सन्ध्या बकैनाको रूखमा झुन्डिएको अवस्थामा थिइन् ।

राजकुमारले छोरीलाई अघिल्लो दिन भेट्न आउने सीताराममाथि आशंका गरे । उनीविरुद्ध किटानी जाहेरी पनि दिए । सीताराम पक्राउ परेपछि उनले घटनामा मनोज र लीलाराज पनि संलग्न रहेको बयान दिए । परिवारले तीनै जनाविरुद्ध जन्मकैदको मागदाबीसहित जाहेरी दियो ।

प्रहरी अनुसन्धानबाट सन्ध्याको बलात्कारपछि हत्या गरी झुन्ड्याइएको भन्ने तथ्य खुल्यो । उक्त कार्यमा सीतारामसहित तत्कालीन शाही नेपाली सेनाका सिपाही रहेका स्थानीय बासिन्दा मनोज र सन्ध्याकै छिमेकी लीलाराजको प्रत्यक्ष संलग्नता पुष्टि भएको सर्वोच्च अदालतको मिसिलमा उल्लेख छ । तर प्रहरीसँगको बयानमा भने तीनै जनाले अपराध स्विकारेको देखिन्न । ढिलै भए पनि छोरीका हत्याराहरू कठघरामा परेकामा सन्ध्याका बुबा राजकुमारले हर्ष व्यक्त गरे । भने, ‘ढिलै भए पनि सत्यको जित हुने रैछ ।’

जिल्ला अदालत झापाले २०५७ कात्तिक २८ गते हत्या आरोपीमध्ये लीलाराज र सीतारामलाई पुर्पक्षका लागि थुनामा र अर्का आरोपी तत्कालीन शाही नेपाली सेनाको रणसिंह दल गुल्म ओखलढुंगामा कार्यरत मनोजलाई अदालतले खोजेका बेला दाखिला हुने गरी चारआलीस्थित तत्कालीन सिंहवाहिनी गणको हिरासतमा राख्न पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पीडितको भनाइ
एसएलसीका क्रममा गणित विषयको तयारीका लागि एक दिन छुट्टी थियो । बिदा भएका कारण म बसेको घरका आफन्तको अनुमति लिएर पाटन बजारस्थित पुस्तक पसलमा गणितको गेसपेपर किनेर ल्याउँछु भनी गएँ । त्यो बजारमा एउटै मात्र पुस्तक पसल थियो । एसएलसी चलिरहेका कारण विद्यार्थीको भीड थियो । म आफ्नो पालो कुरिरहेकी थिएँ । पुस्तक पसले ‘हिजोको जाँच कस्तो भयो, राम्रो गर्‍यौ ?’ भन्दै मसँग बोल्दै थियो ।

त्यहाँ बस्दाबस्दै गर्मी भयो । चैतको महिना । त्यसै पनि गर्मी बढेको थियो । मैले ‘पानी दिनुस् न दाइ, कस्तो प्यास लाग्यो’ भनें । ऊ एकछिन है भनी पुस्तक पसलको सटरबाट भित्र अर्को कोठातिर गयो । अनि रित्तै आई ‘पानी सकिएको रहेछ, मैले लिन पठाएको छु’ भन्यो । मैले ‘ठीक छ, घरमै गएर पिउँछु, किताब दिनुस्, गइहाल्छु’ भनें ।

त्यत्तिकैमा अर्को मान्छे हातमा सोडापानीको गिलास बोकेर आयो । उनीहरूले एउटा मलाई दिए, दुईवटा गिलास आफूहरूले पिए । त्यो पिएको ४–५ मिनेटजतिमै मलाई चक्कर लागेजस्तो, पसल पूरै उल्टो फर्केजस्तो, वाकवाक लागेजस्तो भयो । मैले त्यही पुस्तक पसलेलाई ‘दाइ मलाई वाकवाक लागेजस्तो भयो, ट्वाइलेट कता छ’ भनी सोधें । उ ‘ट्वाइलेट अलि पर छ, म देखाइदिन्छु’ भनी अघिअघि लाग्यो ।

म ट्वाइलेट पस्नेबित्तिकै ऊ पनि सँगसँगै पस्यो । मैले किन आएको भन्दा ‘हल्ला नगर, म जे–जे भन्छु, त्यही मान’ भन्दै भित्तातिर धकेल्यो । एकैछिनमा अघि सोडा ल्याएर दिने केटो पनि आइपुग्यो । उसले ‘कोही आए भने मलाई बोला है’ भनी अर्को कुनै मान्छेलाई ट्वाइलेटबाहिर अह्राएको सुनेकी थिएँ । अब ट्वाइलेटभित्र दुईजना केटा र म भयौं । मेरो खुट्टा थर्थरी काम्न थालेको थियो । अत्तालिएको स्वर पनि राम्रोसँग निस्किरहेको थिएन । तैपनि गुहार भन्दै चिच्याउन खोजें । एकजनाले मलाई समात्ने र मुख थुन्ने, अर्कोले कपडा खोल्ने गरे । २–३ मिनेटको घम्साघम्सीपछि, त्यो ट्वाइलेटमा ब्लेड रहेछ, त्यसले मेरो खुट्टाको औंला र पैताला काटिदिए । होस आउँदा म पाटन मानसिक अस्पतालमा लडिरहेकी थिएँ ।

ईकान्तिपुरबाट साभार

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ५ : ५७ बजे