३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

अधिकारमुखी आन्दोलनका रुपमा विश्व आदिवासी दिवस मनाइँदै


१९ श्रावण २०७३, बुधबार  

0
Shares

काठमाडौं १९, साउन / अधिकारमुखी आन्दोलनका रुपमा नेपाल आदिवासी जनजाति महासंघले २२औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाउने भएको छ ।

‘अधिकारसहितको संघीयता आदिवासी जनजातिको अडान अपूरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान’ भन्ने मूल नाराकासाथ दिवस मनाउन लागिएको हो ।

आदिवासी जनजातिको अधिकार स्थापित गराउन देशभर आन्दोलन गरिरहेका आदिवासी जनजातिहरुले यो दिवस आन्दोलनकै रुपमा भब्य रुपमा मनाउन लागेको मंगलबार काठमाडौमा गरिएको पत्रकार सम्मेलनमा विश्व आदिवासी दिवस मुल आयोजक समितिका संयोजक नगेन्द्र कुमालले जानकारी दिए ।

विश्व आदिवासी दिवसको अवसरमा नयाँ संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चितताको आवश्यकताबारे स्वदेश तथा विदेशमा रहेका तमाम आदिवासी जनजातिको चेतना अभिवृद्धि गर्दै दिवस मनाउन लागेको उनले बताए।

केन्द्रीयस्तरमा महासंघको केन्द्रीय सचिवालयले २०७१ श्रावण १८ गतेदेखि २९ गतेसम्म विभिन्न कार्यक्रमसहित वृहत समारोह आयोजना गर्दैछ । विगतमा झैं यो वर्ष पनि विश्व आदिवासी दिवस २०७३ लाई नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंमा आदिवासी जनजातिका जातीय संगठन, सूचिउन्मुख संगठनहरु र सम्बन्धन प्राप्त संगठनहरुबीचमा र काठमाडौ बाहिरका जिल्लाहरुमा विभिन्न प्रचारप्रसार, गोष्ठी, सभासम्मेलन र अन्तरक्रियात्मक कार्यक्रमहरुसहित भव्यताका साथ मनाउने निर्णय गरेको छ । दिवसको मुल कार्यक्रम साउन २५ गने हुने महासंघले जनाएको छ ।
यसैगरी नेपाल आदिवासी जनजाति महासंघ झापाले २२ औं विश्व आदिवासीको अवसरमा जिल्लाभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउदैछ । महासंघले साउन २१ गते राजगढमा, २२ गते गौरीगंजमा र २३ गते भद्रपुरमा अन्तरक्रिया तथा साउन २५ गते लखनपुरमा जिल्लाव्यापी विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउदैछ ।

aaa 1

प्रकाशित मिति : १९ श्रावण २०७३, बुधबार  ८ : ०४ बजे