१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकाे कृषि तथा पशु कार्यालयका सेवा बन्द


१९ आश्विन २०७७, सोमबार  

0
Shares

 

गैरीगंज १९, असाेज/   झापाको गौरीगञ्ज गाउँपालिका अन्तर्गतको कृषि तथा पशु सेवा शाखा आजदेखि अनिश्चित कालका लागि बन्द गरिएकाे छ ।कृषि कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि शाखाको सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत राजु दाहालले हस्ताक्षर गरेर आज सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।
सूचनामा ति कर्मचारीसंग सम्पर्क जोडिएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ गर्नु पर्ने भएकाले सो शाखा अर्को सूचना नभए सम्मका लागि स्थगित गर्नुपरेको जनाइएको छ । कोरोना संक्रमित ति कर्मचारी गौरीगञ्ज २ कोरोबारीका हुन् । उनी होमआइसोलेसनमा उपचाररत रहेका पनि गाउँपालिकाले जनाएको छ । गौरीगञ्जको २ नम्बर वडा कार्यालयले भने संक्रमण फैलिन सक्ने खतरा हुन सक्ने भन्दै आंशिक लकडाउन समेत गरेको छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : १८ बजे