१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाली कांग्रेस गौरीगंजले कार्तिक १९ गते शुभकामना आदानप्रदान गर्ने



गौरीगंज १५, कार्तिक / नेपाली कांग्रेस गौरीगंज कार्य समितिले कार्तिक १९ गते आइतवार वडा दशैं, शुभदिपावली, छठ, एकादशीको शुभ अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।
समितिको आज बुधवार पार्टी कार्यालयमा बसेको वैठकले उक्त निर्णय गरेको हो ।
नेपाली कांग्रेस गौरीगंज कार्यसमितिका सभापति अघनु प्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न बैठकले पार्टीको विभिन्न भातृ संगठनहरुको वडा कमिटि विस्तार तथा गठन गर्न निर्देशन तथा आव्हान गर्ने निर्णय गरेको छ । पार्टीको गाउँपालिका स्तरिय विभिन्न भातृ संघठनहरुको सभापतिहरुलाई संगठनलाई चुस्तदुरुस्त बनाउन, गाउँ र टोलहरुमा नागरिकको हरेका कार्यमा सक्रिय भुमिका खेल्न वडा समिति गठन गर्न आवश्यक रहेको गाउँपालिका सभापति अघनु प्रसाद राजवंशीले जानकारी दिएका छन् । त्यसैगरी गत स्थानियतहको निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवारको विपक्षमा बाघी उम्मेदवारी दिने क्षेत्रप्रतिनिधि, क्रियाशिल सदस्यको नाम र त्यसका समर्थक र प्रस्तावकको नामावली जिल्लाको परिपत्र अनुसार वडा समितिले २÷३ भित्र निर्णय गरी नामावली पठाउन अनुरोध गर्ने निर्णय गरेको छ । त्यसैगरी वैठकले शुभदिपावलीको अवसर पारेर नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको संयुक्त आयोजनामा देउसी भैलो कार्यक्रम गर्ने निर्णय गरेको छ ।

विसं २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ७ : ३३ बजे