२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

आन्दोलनकारीले ट्राफिकको कठालो समातेपछि…


६ जेष्ठ २०७३, बिहिबार  

0
Shares

 काठमाडौं ६, जेष्ठ /   मधेसीलगायतका पहिचानवादी गठबन्धनले राजधानीमा आन्दोलन सुरु गरेको चौथो दिन रत्नपार्कमा आमसभा आयोजना गरिएको थियो ।

वीर अस्पतालबाट सुरु भएको र्याली बागबजार, पुतलीसडक हुँदै सहिदगेट पुगेको थियो र्याली भद्रकाली मन्दिरअगाडि पुग्दा पछाडि जाम निकै ठूलो भइसकेको थियो । सवरीचालकहरूले एकैलयमा हर्न बजाएर आन्दोलनकारीलाई बाटो छाड्न दबाब दिए ।

आक्रोशित केही आन्दोलनकारी पछाडि फर्केर चालकहरूमाथि जाइलागे । प्रहरीले नियन्त्रण गरेपछि झडपले अप्रिय रूप लिन पाएन । जुलुस फेरि अघि बढ्यो, सहिदगेट पार गर्नासाथ दुई लेनको सडकमा जुलुस एक लेनमा सीमित भयो, अर्को लेनबाट गाडी चल्न थाले ।

समानान्तर भएपछि आन्दोलनकारी र सवारीचालकबीच फेरि भनाभन भयो । उत्तेजित आन्दोलनकारी सवारीचालकमाथि झम्टिए, केही मोटरसाइकल पल्टिए । फेरि प्रहरीले हस्तक्षेप गरेर शान्त पार्यो । जुलुस पार नहुँदै सवारीसाधन छाडेको भनेर आन्दोलनकारी ट्राफिक प्रहरीसँग आक्रोशित थिए ।

जुलुस सुन्धारा हुँदै रत्नपार्कतर्फ जानुपर्ने थियो, तर त्रिपुरेश्वरतिरबाट पनि सवारीसाधन आइरहेका थिए । सवारीसाधन नरोकेर झडप निम्त्याउन खोजेको भन्दै एक आन्दोलनकारी ट्राफिक प्रहरीमाथि जाइलागे । सडकमा राखिएको प्लास्टिकको डिभाइडर उठाएर उनले प्रहरीलाई लखेटे, आन्दोलनकारीले हानेको झटारोले ट्राफिकलाई लाग्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७३, बिहिबार  १ : २४ बजे