२९ पुस २०८१, सोमबार | Tue Jan 14 2025

दमकमा बहुप्रतिक्षित १८ तले भवन उद्घाटन आज, प्रधानमन्त्री ओलीको उपस्थिति



दमक नगरपालिका-३ दापगाछीमा १ अर्ब ४५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको बहुउद्देश्यीय १८ तले भवन आज उद्घाटन हुने भएको छ। ‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको यो भवनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।

चिनियाँ र नेपाली कम्पनीको संयुक्त निर्माण

उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र नेपाली कम्पनी आशिष ओम साइरामको संयुक्त प्रयासमा निर्माण गरिएको हो। सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवका अनुसार यो भवन व्यापारिक प्रयोजनका लागि अत्यन्त उपयुक्त रहेको छ। सरकारले विकास समितिमार्फत भवनको सञ्चालन तयारी गरिरहेको छ। यो भवनले स्थानीय तथा क्षेत्रीय व्यापारलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

पाँच वर्षअघि प्रधानमन्त्री ओलीकै हातबाट शिलान्यास गरिएको यो भवन आधुनिक संरचनाको नमुना मानिएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ८ : ५२ बजे