१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापा काँग्रेसको जिल्ला सम्मेलन असोज २० मा हुने



बिर्तामोड । नेपाली काँग्रेस झापाको आज सम्पन्न बैठकले आगामी असोज २० गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले पार्टीका नेता कृष्णप्रसाद सिटौला,महामन्त्री विश्वप्रकाश शर्मा,  सहमहामन्त्री उमाकान्त चौधरी र भीष्मराज आङ्देम्बे, कोशी प्रदेश सभापति एवं पूर्व मुख्यमन्त्री उद्धव थापालगायतको आतिथ्यमा जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो । जिल्ला सम्मेलन बिर्तामोडस्थित पाथीभरा सिने प्लाजामा दिनको ११ बजेदेखि आयोजना हुनेछ ।

बैठकमा पार्टी सचिव कृष्ण हुमागाईँले प्रस्तुत गरेका जिल्ला सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक एवं भावी कार्यक्रम समेटिएको प्रतिवेदनलाई संशोधनसहित पारित भएको छ । बैठकले नेपाल मुस्लिम संघको तेस्रो महाधिवेशनबाट केन्द्रीय पदाधिकारी र सदस्यमा झापाबाट निर्वाचित सबैलाई हार्दिक बधाई ज्ञापन गरेको छ । बैठकमा सहभागीहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ सभापति देउकुमार थेबे र उपसभापति केशवराज पाण्डेले जवाफ दिएका थिए भने कोषाध्यक्ष जलकुमार गुरुङले आर्थिक योजनाका विषयमा जानकारी गराएका थिए । 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : ०९ बजे