१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा बिना दर्ता ९ बर्षदेखि मदरसा सञ्चालनमा, लकडाउनपछि सबै एकाएक गायब


८ बैशाख २०७७, सोमबार  

0
Shares

20200420_184904

गाैरीगंज ८, बैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा एक मदरसा दर्ता बिनै ९ वर्षदेखि सञ्चालनमा रहेकाे पाईएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछी माविकाे करिब ५ सय मिटर दक्षिण पश्चिममा रहेकाे अनवालरूल मदरसा दर्ता बिनै २०६८ सालदेखि सञ्चालनमा रहेकाे पाईएकाे हाे ।
तर स्थानिय सरकार र प्रशासन याे मदरसा यतिका बर्षदेखि बिना दर्ता सञ्चालन रहे पनि बेखबर भएकाे जस्ताे देखिन्छ ।

काेराेना भाईरसकाे संक्रमण फैलन नदिन नेपाल सरकारले लगाएकाे लकडाउन पछि उत्त मदरसा बन्द भएकाे छ । मदरसाकाे मुल गेटमा ताल्चा लगाईएकाे छ भने काेठाहरूका ढाेका बन्द छन् । मदरसाकाे काेठा भित्र वेडमा केही सिरक र कपडाहरू छरपस्ट छन् । टिनका बाक्साहरू पनि छन् । भान्सा घरमा रहेकाे चुलाे पनि भत्किएका छन् । मदरसाकाे २ काेठे पक्की भवन निर्माणधिन रहेकाे छ भने अन्य काेठाहरू टिनकाे छानाे लगाएकाे बाँसकाे भाटाले बनाएकाे छ ।

मदरसाकाे बाहिर भाग प्राङ्गणमा अन्तरास्ट्रिय  संस्था हेल्पिङ्ग हेण्डस मार्फत वर्क फर नेपालले निर्माण गरिदिएकाे कम्युनिटी हेण्ड पम्प छ । जुन केही महिना अघि मात्र पुर्व सांसद दिपक कार्कीले  उद्घाटन गरेका थिए ।

20200420_184918

उत्त मदरसामा करिब ५७ जना भारतीय बालवालिकालाईहरू र मुल्विहरू रहेता पनि अहिले काेही छैनन् । नेपाल मुस्लिम नागरिक समाज गाैरीगंजका अध्यक्ष नसिर मियाँले उत्त मदरसामा ५७ जना भारतिय बालबालिकाकाे नाम दर्ता भए पनि ३५ जना जति अध्ययरत रहेकाे बताए । भारतीय नागरिकहरूकाे नगद र अन्य सहयाेगबाट उत्त मदरसा सञ्चालनमा थियाे अध्यक्ष नसिरले भने – ‘लकडाउन पछि उनीहरू सबै भारततर्फ नै गए ।’

मदरसा नजिक घर भएका स्थानियहरूले जनाए अनुसार लकडाउन भएकाे अर्थात चैत ११ काे अघिल्लाे दिन रातकाे समयमा सबै बालबालबालिका र मुल्विहरू भारततर्फ गएकाे बताएका छन् ।
मदरसामा सबै भारतीय बालबालिकाहरू पढ्थे र उनीहरू यहि बस्थे र खान्थे स्थानियहरूले भने – सरकारले लगाएकाे लकडाउनमा भारतीय सिमा बन्द हुने थाहा भएपछि उनीहरू सबै एकाएक गायब भए ।’

गाैरीगंज गाउँपालिकाकाे शिक्षा शाखाका अधिकृत केशव भट्टराईले अनवालरूल मदरसा दर्ता नभएकाे जानकारी दिएका छन् । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेकाे मदरसा इस्लामिया हाफिजुल उलुम, साेहि वार्डकाे अाठमाैजामा रहेकाे दारूल मदरसा र गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा रहेकाे मदरसा तालिमुन कुरान मात्र दर्ता रहेकाे अधिकृत भट्टराईले जानकारी गराए ।
गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले प्राथमिक तहसम्मकाे स्वकृति स्थानिय तहले नै दिन सक्ने प्रावधान रहेकाेले विद्यालयले राष्ट्रिय गीत विद्यार्थीलाई अनिवार्य गाउन लाउनु पर्ने, अंग्रेजी, नेपाली, गणित र सामाजिक विषय अनिवार्य पठन पाठन गर्नु पर्ने र ऐच्छिक विषयकारूपमा अन्य भाषाहरूकाे पठन पाठन गर्न पाउने बताए ।

20200420_184932

नेपाल सरकार र स्थानिय तहकाे शिक्षा नीति र कानुन बमाेजिक सञ्चालन नभए मदरसा वा अरू कुनै विद्यालय सञ्चालन गर्न नपाउने उपाध्यक्ष थापाले बताए ।
स्थानिय तहले नेपालकाे राष्ट्रिय अखण्डता माथि आँच आउने र सानाे ठिमी पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेकाे पाठ्यक्रम अनुसार मदरसा वा अन्य विद्यालयले पठनपाठन नगराए तुरुन्त बन्द गरिने उपाध्यक्ष थापाकाे भनाई थियाे ।

माेरङ्ग रतुवामाई नगरपालिका वार्ड ४ बस्ने सुलेमान मियाँकाे नाममा दर्ता भएकाे जग्गामा मदरसा रहेकाे छ । उत्त मदरसामा ४ जना भारतीय र १ जना नेपाली मुल्विहरूले पठनपाठन गरिरहेकाे मदरसा सञ्चालन समितिका उपाध्यक्ष नाजिराेदिन मियाँले बताए । २०६८ सालमै स्थापना भएकाे मदरसा तत्कालिन गाविस हुँदा दर्ता गरेका थियाै उनले भने – ‘गरिब तथा विपन्न मुस्लिम बालबालिकालाई पठनपाठन गराईरहेका छाैं ।’

गरिब तथा विपन्न अभिवाकहरूका बालबालिकालाई बार्षिक रू ३ सय रूपैयाँ र अन्यलाई ३ हजार रूपैयाँ लिएर पठनपाठन गराईरहेका छाै मदरसा सञ्चालन समितिका उपाध्यक्ष नाजिराेदिनले भने – नेपाली मुस्लिम बालबालिका पनि छन् तर  धेरै भारतीय छन् । ‘

भारत विहार राज्यकाे टेडागाँछ, फुलबडिया, कुत्रुमगंज, ढाटालगायत स्थानका मुस्लिम बालबालिकाहरूलाई उर्दु, हिन्दी र गणित विषयमा पठनपाठन भएकाे उपाध्यक्ष नजिराेदिनले बताए । वार्षिक १० हजार रूपैयाँ भाडामा जग्गा लिएर अन्य दाताहरूकाे सहयाेगबाट मदरसा सञ्चालन भएकाे उनकाे दाबी थियाे ।

20200420_184945

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ३ : २० बजे