वैशाख १८ , काठमाडौं / नेपाली कांग्रेससँग सात करोड रुपैयाँ बैंक व्यालेन्स रहेको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले बताए ।
क्रियाशील सदस्यको शुल्क र सांसदबाट यो रकम उठेको उनी बताउँछन् । कांग्रेसले प्रतिसांसद पाँच हजार लेबी लिन्छ । कांग्रेसका दुई सय ६ सांसद छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
कांग्रसको अचल सम्पत्ति पनि धेरै रहेको छ । उसको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा रहेको छ । ६ रोपनी जग्गामध्ये ४२ कोठाका चार चले भवन रहेको छ ।
काठमाडौंको रविभवनमा कांग्रेसको नाममा २४ आना जग्गा र दुईतले भवन रहेको छ ।
कांग्रेसको केन्द्रीय कार्यालयसँग पार्टीको सम्पत्तिको सबै विवरण छैन । ६५ जिल्लामा आफ्नै भवन र आफ्नै जग्गा रहेको कांग्रेसको अनुमान मात्र छ ।
एमालेसँग कति छ ?
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेसँग दुई अर्व रुपैयाँबराबरको अचल सम्पत्ति छ । चलनचल्तीको मूल्य अनुसार एमालेको केन्द्रीय , अञ्चल, जिल्ला, नगर, क्षेत्र र गाउँ कमिटीसम्मको नाममा एक अर्ब ६३ लाखभन्दा बढीको जग्गा र भवन छ । सवै सम्पत्ति सहयोगीबाटै जोडिएको एमालेको दावी छ ।
दूई वर्ष अघि तत्कालीन कार्यालयका सविच पृथ्वि सुव्वा गुरुङले देशभरका पार्टीको नाममा रहेको सम्पत्ति लगत दिन तलका कमिटीलार्य पत्राचार गरेका थिए ।
एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार २०५१ मा मदननगर बल्खुमा जनसहयोगमा केन्द्रीय कार्यालय भनव निर्माण भएको थियो । नौ रोपनी एक आना जग्गामा निर्मित पाँच तलाको भवन भूकम्पले भत्किएको छ ।
चलनचल्तीको मूल्य अनुसार सो सम्पत्तिको मूल्य ३४ करोड रुपैयाँ पर्ने पार्टीको सम्पत्ति विवरण संकलन गरेका सुव्वाको भनाई छ ।
एनेकपा माओवादीमाा लथालिंग
एमाअेवादीसँग आफ्नै पार्टीको देशव्यापी चल अचल सम्पत्ति कति छ भन्ने व्यवस्थित तथ्यांक छैन ।
केन्द्रीय कार्यालयले त्यस्तो सम्पत्ति विवरण संकलन गर्न पटक पटक प्रयास गरे पनि नसकिएको केन्द्रीय लेखा आयोगका प्रमुख डिरप्रसाद उपाध्यायले जानकारी दिए ।
एमाओवादी केन्द्रीय कार्यलयले आफ्नै कार्यालय भित्रकै चल अचल सम्पत्तिको विवरण राख्न सकेको छैन ।
एमाओवादीको पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालय समेत भातृसंगठन अखिल नेपाल ट्रेड युनियनको नाममा छ । त्यसमध्ये १२ आना जग्गा भने एमाअेवादीको नाममा छ ।
एमाओवादीको झन्डै दुई दर्जन जिल्लामा पार्टीका नाममा कार्यालय भवन रहेको छ ।