३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मधेसका सहिदका सन्तानलाई निःशुल्क पढाई दिने


२९ चैत्र २०७२, सोमबार  

0
Shares

काठमाडौं– तराई मधेस बिद्यार्थी फ्रन्टले तराई–मधेसको आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारका सन्तानलाई निःशुल्क पढने ब्यवस्था गर्ने भएको छ । आइतबार काठमाडौंमा सम्पन्न उक्त केन्द्रीय समितिको बैठकले आन्दोलनको क्रममा ज्यान गुमाएका १ सय ९ जना सहिदका सन्तानलाई निशुल्क पढाउने ब्यवस्था गर्न लागेको हो।

‘पहिलो चरणमा आन्दोलनको क्रममा ज्यान गुमाएका सहिदका एक एक परिवारलाई पढाउने ब्यवस्था फ्रन्टले गर्नेछ,’ अध्यक्ष सुरेश मण्डलले नागरिकन्युजसँग भने, ‘माध्यमिक शिक्षासम्मको निःशुल्क पठनपाठनको ब्यवस्था अबको नयाँ शैक्षिक सत्रबाट नै सुरु गर्नेछौं।’ उनका अनुसार फ्रन्टले सहिदका सन्तानका शैक्षिक अवस्थाको बारेमा जानकारी लिएर उक्त कार्यलाई अघि बढाउने छ ।

यसैगरी, फ्रन्टको केन्द्रीय कार्य समितिको बैठक आगामी बैशाख २९–३१ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय पनि गरेको छ । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी निकट उक्त भातृ संस्था स्थापना भएको ७ वर्ष भए पनि अधिवेशन भएको थिएन । बारा, कलैयामा उक्त राष्ट्रिय सम्मेलन गर्ने निर्णयसमेत गरी केन्द्रीय समिति बैठक सम्पन्न भएको अध्यक्ष मण्डलले बताए ।

 

प्रकाशित मिति : २९ चैत्र २०७२, सोमबार  ८ : ४७ बजे