१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वैशाखदेखि सिंहदरबार घेर्छौं : महतो


२५ चैत्र २०७२, बिहिबार  

0
Shares

rajendra
वीरगन्ज २५, चैत /   संयुक्त लोकतान्त्रि  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको घटक सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले अब वैशाखदेखि सिंहदरबारकेन्द्रित आन्दोलन गर्ने बताएका छन्।

‘सरकार गैरजिम्मेवार छ, जनतालाई अप्ठ्यारो पर्दा आन्दोलनको माग सम्बोधन हुनुपर्छ भन्ने देखिएन, त्यसैले सर्वसाधारणलाई अप्ठ्यारो नपर्नेगरी आन्दोलन अगाडि बढ्नेछ,’ महतोले वीरगन्जमा बुधबार पत्रकार भेटघाटमा भने, ‘हामी सिंहदरबारकेन्द्रित र सरकारलाई बढीभन्दा बढी असर पर्नेगरी आन्दोलनको तयारीमा छौं।’

आन्दोलन तुहिएको वा सकिएको नभई स्वरुप मात्र फेरिएको र वैशाखदेखि त्यसलाई नयाँ स्वरुप दिने उनले दाबी गरे। यतिखेरको सहज अवस्थाको अधिकतम उपयोग गरेर सरकारले समस्या सामाधान गरोस भन्ने चाहे पनि त्यस्तो नभएकाले वैशाखपछि ठोस निर्णय ननिस्केसम्म आन्दोलन हुने उनले बताए। अहिले आफूहरु मेचीदेखि महाकालीसम्मै जनजागरण अभियान चलाएर शक्ति सञ्चयमा लागेको महतोको दाबी थियो।

विगत मधेस आन्दोलनलाई विखण्डनकारी र राष्ट्रविरोधीलगायत गलत आरोप लगाएर बद्नाम गरे पनि अब त्यो अवस्था आउन नदिने उनले दाबी गरे। कांग्रेसलगायत पार्टीका नेताले पनि मधेसी, थारु, जनजातिलगायतको हकका लागि समर्थन जनाइरहेको उनले बताए।

प्रकाशित मिति : २५ चैत्र २०७२, बिहिबार  ३ : २३ बजे