९ जेष्ठ २०८२, बिहिबार | Fri May 23 2025

मधेसीका माग पूरा गर्न सरकारले पहल गर्नुपर्छ: ठाकुर


१९ चैत्र २०७२, शुक्रबार  

0
Shares

mahanta
 विराटनगर१९,चैत /  तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी मोर्चाको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्।
 विराटनगर विमानस्थलमा शुक्रवार अपराह्न पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सरकारले शान्तिपूर्ण आन्दोलनमा बाध्यता उत्पन्न गर्यो भने जहाँ ठाउँ पाइने त्यही बसेर आन्दोलनलाई निरन्तरता दिने स्पष्ट पारे।
उनले सरकारसमक्ष ११ बुँदे माग प्रस्तुत भइसकेको र यसलाई पूरा गर्न सरकारले पहल गर्नुपर्ने उल्लेख गर्दै माग पूरा नभए आउँदो वैशाखदेखि आन्दोलन गर्ने बताए।
पत्रकारको जिज्ञासामा उनले मधेसको कुनै पनि समस्यालाई भारतसँग जोडेर हेर्न नहुने उल्लेख गर्दै मोर्चाले शक्ति सञ्चय गरी आन्दोलन गर्न लागेको उल्लेख गरे। रासस

प्रकाशित मिति : १९ चैत्र २०७२, शुक्रबार  ४ : २० बजे