११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

मेडिकल काउन्सिलको परीक्षा दिँदै गरेका नक्कली डाक्टर पक्राउ


१३ चैत्र २०७२, शनिबार  

0
Shares

काठमाडौं, चैत १३ – चिकित्सा पेशा अपनाउन मेडिकल काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्र परिक्षामा भाग लिँदै गरेका दुई जना पक्राउ परेका छन् । नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा परीक्षा केन्द्रबाटै उनीहरु पक्राउ परेका हुन् । रौतहटको मतसरी-५ का राजिवकुमार झा र बाराको बहुअरी-४ का पृथ्वीनारायण यादवलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले  रौतहटको मतसरी-५ का राजिवकुमार झा र बाराको बहुअरी-४ का पृथ्वीनारायण यादवलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले पक्राउ गरेको हो । राजीव र पृथ्वीनारायण दुवैले सन् २००६ मा विहार इन्टरमिडियट एजुकेशन काउन्सिलबाट द्धितीय श्रेणीमा र एमबीबीएस चीनबाट अध्ययन गरी नेपालमा इन्टर्नसिप समेत गरेको प्रमाणपत्र बुझाएका छन् । राजीव मेडिकल काउन्सिल चिकित्सिक दर्ता प्रमाणपत्र परिक्षामा १२ पटक र पृथ्वीनारायण १३ पटक फेल भएको केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिनुभयो ।

अनुसन्धान ब्युरो, नेपाल मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषदद्वारा संयुक्त रुपमा ‘अपरेसन क्वाक’ प्रारम्भ गरी विभिन्न तहका १४ जना नक्कली प्रमाणपत्र पेस गरी विभिन्न देशबाट चिकित्सक बनेका व्यक्तिलाई यसअघि पक्राउ गरिसकेको छ । उनीहरुलाई नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २६ र २७ बमोजिको आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७२, शनिबार  ५ : ०० बजे