विराटनगर १० , माघ / सोमबार २ बजे प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुनसान थियो । कार्यालय अगाडिको पार्किङस्थल खाली थियो । प्रदेशका प्रमुख सचिवसहित अधिकांश विभागीय सचिवका कोठा पनि खाली थिए । ‘मुख्यमन्त्री नभएपछि प्रमुख सचिवको काम हुँदैन,’ सचिव बलदेवप्रसाद जोशीले भने, ‘प्रमुख सचिव नभएपछि धेरै सचिवको काम हुँदैन ।’ मुख्यमन्त्री कार्यालयमा कर्मचारीको संख्या पनि कम…