१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

क–कसले गरे लगानीको घोषणा ?


१६ चैत्र २०७५, शनिबार  

0
Shares

20190330_074534
काठमाडौं १६, चैत / सरकारले ३० खर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी भित्र्याउने लक्ष्यका साथ आयोजना गरेको ‘नेपाल लगानी सम्मेलन २०१९’ शुक्रबारदेखि काठमाडौंमा जारी छ । सम्मेलनमा सरकारी पदाधिकारी, विकास साझेदार र विदेशी लगानीकर्ता गरी ३९ देशका ७३९ प्रतिनिधि सहभागी छन्।

शुक्रबार यिनले गरे लगानीको घोषणा

नयाँ पत्रिका दैनिकका अनुसार सूर्य नेपालका प्रबन्ध–निर्देशक अभिमन्यु पोद्दारले करिब ६ अर्ब लागतमा लक्जरी होटेल खोल्ने घोषणा गरेका छन् । उपभोग्य सामग्रीमा समेत लगानी विस्तार गर्ने योजना रहेको उनले बताए ।

मुथुट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथुटले नेपालका बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने बताए । मुथुटले नेपालको बैंक नै किन्न सक्नेसमेत बताए। उनले नेपालको शिक्षा क्षेत्रमा समेत लगानी गर्ने अवसर खोजिरहेको बताए। सुडानका लागि नेपालका अवैतनिक महावाणिज्यदूत अब्बास अलबखित माउसाले नेपालमा ठूलो होटेलमा लगानी गर्ने उद्घोष गरे । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा एचएच बजाजका प्रबन्ध–निर्देशक शेखर गोल्छाले अटोमोबाइलको एसेम्बलसँग सम्बन्धित उद्योग खोल्ने बताए । सिल्भर हेरिटेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत साइक बोलसोभरले झापामा पाँचतारे होटल खोल्ने बताए।

गेमचेन्जर परियोजनामा सम्झौता हुँदै सरकार र विदेशी लगानीकर्ताबीच शनिबार करिब एक दर्जन परियोजनामा समझदारी तथा सम्झौता हुँदै छ । सार्वजनिक तथा निजी दुवै क्षेत्रका विदेशी लगानीकर्ताले कृषि, जलविद्युत् र सडक परियोजनामा लगानी सम्झौता गर्नेछन् । केही ‘गेमचेन्जर’ परियोजनामा लगानी गर्न विकास साझेदारसँग समझदारी (एमओयू) हुने लगानी बोर्ड सञ्चालक समितिका एक सदस्यले बताए।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  २ : ०० बजे