१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हिन्दुराज्य पुनर्स्थापना लागि राप्रपाकाे आजदेखि गाैरीगंजमा हस्ताक्षर संकलन शुरू


१९ चैत्र २०७५, मंगलबार  

0
Shares

20190402_163619

गाैरीगंज १९, चैत/ राष्ट्रिय प्रजातन्त्र पार्टी गाैरीगंजले आजदेखि हिन्दु राज्य पुनर्स्थापनाका लागि हस्ताक्षर संकलन कार्य सुरू गरेकाे छ ।
पार्टीका सहमहामन्त्री राजेश गिरीले हस्ताक्षर संकलन कार्यक्रमकाे सुभारम्भ गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका महामन्त्री गिरीले हिन्दुराज्य पुनःस्थापनका लागि जनतालाई जागरुक गराउन र सरकारलाई दवावदिन हस्ताक्षर संकलन गर्न लागिएकाे बताए । देशभरि राप्रपाले हस्ताक्षर संकलन कार्यक्रम चैत १७ गतेबाट शुरू भएकाे जनाउदै अनुशासित जीवन पद्वति अंगालने सबै हिन्दु धर्मावलम्बी भएकाे सहमहामन्त्री गिरीले बताए । झापाबाट १ लाख भन्दा बढीकाे हस्ताक्षर गरि देशभरिबाट अत्याधिक हस्ताक्षर संकलन गरि राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाई हिन्दुधर्म स्थापनाका लागि दवावदिने उनले बताए । राप्रपाका जिल्ला अध्यक्ष अम्बर बहादुर विष्टले जनताकाे भावना नबुझी जबरजस्ती संविधानमा धर्म निरपेक्ष लेखाउनुले हिन्दुधर्मलाई सखाप पार्ने षडयन्त्र गरेकाे आराेप लगाए । उनले यसकाे विरूद्वमा राप्रपाले विभिन्न चरणवद्वरूपमा आन्दोलनका कार्यक्रमहरू गर्दै आएकाे बताउदै चैत १२ गतेदेखि १६ गतेसम्म प्रचारप्रसार, १७ गतेदेखि हस्ताक्षर संकलन कार्यक्रम, २५ गते जिल्ला प्रशासन कार्यालय २ घण्टा घेर्ने, धर्म निरपेक्ष लेखिएकाे प्लेकार्ड जलाउने, २७ गते गाउँपालिका / नगरपालिका घेर्ने र चैत ८ गतेदेखि सडकमा सुतेर सत्याग्रह जस्ता दबावमुलक कार्यक्रम गरिने बताए । परापुर्वकालदेखि मानिआएकाे हिन्दु धर्मलाई पैसाकाे चलखेलमा संविधानमा हिन्दुराज्य नलेखि धर्मनिरपेक्ष लेखिनुले हिन्दुधर्मालम्वीहरूकाे भावनामाथि खेलवाड गरेकाे आराेप लगाए । जिल्ला अध्यक्ष विष्टले बर्तमान नेकपाकाे सरकार भ्रष्ट्रचारमुखी भएकाे र २०४६ सालदेखि नै पार्टीका नेताहरू भ्रष्टाचारमा लिप्त भएकाले छानविन गरि कानुनकाे दायरामा ल्याउनुु पर्ने बताए ।
राप्रपा गाैरीगंजका अध्यक्ष सहदेव खड्काकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टीका जिल्ला सदस्य जयबहादुर गुरूङ, बाबुराजा श्रेष्ठले बाेलेका थिए कार्यक्रममा जिल्ला उपाध्यक्ष नयनसिंह भण्डारी,जिल्ला सदस्य भिमबहादुर बस्नेत, देवि थापा, सुशिला ताजपुरियालगायतकाे उपस्थिति भएकाे कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूले उत्साहपुर्वक हस्ताक्षर गरेका थिए । कार्यक्रमकाे संञ्चालन पार्टीका क्षेत्रिय सचिव नन्दराज थापाले गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : ५३ बजे