१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चट्याङ लागेर झापामा एक जनाको मृत्यु,दुई घाइते


२३ चैत्र २०७५, शनिबार  

0
Shares

20190406_130634
भद्रपुर २३, चैत / शनिवार विहान पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी ४० बर्षीय प्रकाश राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनु भयो ।प्रहरीका अनुसार मृतक राउतको श्रीमती ३५ बर्षीया सुनिता राउत र उनका भाउजु ३६ बर्षीया मञ्जु राउत घाइते भएको जनाइएको छ । दुवै जनाको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।

शनिवार विहान ८ बजेको समयमा खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भिर घाइते भएका थिए ।घाइते तीनै जनालाई उपचारका लागि ओमसाई अस्पताल लगिएको र प्रकाशको उपचारको क्रममा मृत्यु भएको डिएपसी श्रेष्ठले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ७ : २१ बजे