१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादह खानेपानीकाे आज निर्वाचन हुँदै


१६ चैत्र २०७५, शनिबार  

0
Shares

20190330_073526

गाैरीगंज १६,चैत /

झापाको गौरादहमा रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचन आज हुदैछ । निर्वाचनमा प्रतिस्पर्धी रहेका लोकतान्त्रिक समुह र प्रगतिशिल समुह आफ्नाे विजय निश्चित भएको दावी गर्दै चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा एक्लै रहेको नेकपाको प्रगतिशिल समुह र राप्रपासंग सहकार्य गर्दै चुनावी मैदानमा उत्रिएको नेपाली कांग्रेसको लोकतान्त्रिक समुह निर्वाचन पछिको परिणाम आफ्नो पक्षमा आउने दावी गर्छन् । दुबै समुहका उम्मेद्वार तथा समर्थकहरु मतदाताको घरआगनमा मत माग्न व्यस्त रहेको पाईन्छ ।
राप्रपा, नेपाली कांगे्रस र स्वतन्त्र वामपन्थी सहित गठबन्धन रहेको लोकतान्त्रिक समुहले कसैको आँखामा राख्दा नविझाउने, अनुभवी र बौद्धिक क्षमताले भरिएका व्यक्तिहरुलाई उम्मेद्वार बनाएका कारण आफ्नो जित सुनिश्चित रहेको चुनाव प्रचार समितिका संयोजक यादवराज सेडाईले बताउनुभयो । सेडाईंले आफुहरुको गठबन्धनमा दलित, आदिवासी, महिलाहरुलाई समेत उचित स्थान दिएको बताउनुभयो । लोकतान्त्रिक समुहका तर्फबाट खानेपानीमा एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाली सक्नु भएका र लामो समय देखी शैक्षिक क्षेत्रमा उदाहरणिय भुमिका निर्वाह गर्दै स्कुलचौन मावीको प्रधानाध्यापक र शिक्षक महासंघ गौरादहका अध्यक्ष बौद्धिक तथा शैक्षिक व्यक्तित्व बावुराम भण्डारीलाई अध्यक्ष पदको उम्मेद्वार बन्नु भएको छ ।
सामाजिक क्षेत्रमा नगरबासीहरुको काम गर्दै आएका र दजनौ बढी संघ संस्थाहरुमा काम गर्दै आएका र गौरादह नगर क्षेत्रमा सवैको काम निस्पक्ष काम गर्ने व्यक्तिको रुपमा चिनिएका देबेन्द्र खड्कालाई सचिवको उम्मेद्वारी बनाएको छ । समुहले आदिवासी जनजातीको तर्पmबाट लोकनाथ राजवंशीलाई उम्मेद्वार बनाएको छ । उनी प्रगतिशिल तथा लोकतान्त्रिक समुहमा एक मात्र आदिवासी उम्मेद्वार हुनुहुन्छ । दलितको तर्फबाट फर्निचर व्यवसायी हरी बर्देवा (अर्जुन) लाई पनि समेेेटिएको छ । सदस्यहरुमा भुपालराज कटुुुुवाल, महिला सदस्यहरु मन्दिरा खड्का कार्की, भुमिका वानिया (आचार्य), दुर्गादेवी सिटौला (आर्चाय) सदस्यपदका उम्मेद्वार हुनु हुन्छ । गौरादह क्षेत्रमा स्वतन्त्र वामपन्थी भनेर चिनिएका लवहरी दाहाललाई सदस्य पदमा उम्मेद्वार बनाएको छ । आर्थिक पाटोमा काम गर्न सक्षम व्यक्ति भुपालमान कार्कीलाई लेखा संयोजकको जिम्मेवारी दिदै लेखा संयोजकको रुपमा लोकतान्त्रिक समुहले उम्मेद्वार वनाएको छ । त्यसै गरी सदस्यमा नारायण कार्की र यामनाथ पौडेल (युवराज) रहनु भएको छ ।
उता नेकपाको प्रगतिशिल समुहले अध्यक्षको रुपमा निडर, निस्पक्ष व्यक्तिको रुपमा चिनिएका युवा उम्मेद्वार दुर्गा गौतमलाई अध्यक्ष पदको उम्मेदवर वनाएको छ । उहाँ युवा संघ नेपालका केन्द्रिय सदस्यको जिम्मेवारी सम्हाली रहनु भएको छ भने खानेपानीका उपाध्यक्षको जिम्मेवारी सम्हाली सक्नु भएको छ । प्रगतिशिल समुहबाट सचिव पदमा उम्मेद्धारी घोषणा गरेका डण्डिराज घिमिरे विगत लामो समय देखि पत्रकारीता पेशामा हुनुहुन्छ । प्रततिशिल समुहको तर्फबाट अमर बहादुर खत्री (अधिकारी), कृष्णप्रसाद बास्कोटा, नगेन्द्र कार्की (नरेश), नारायण प्रसाद घिमिरेलाई सदस्य पदको उम्मेद्वारी बनाएको छ । लेखा समितिको संयोजकमा पूण्य सिग्देल लाई उम्मेद्वार बनाएको छ ।सदस्य पदमा स्थानिय क्षेत्रमा रहेर लामो समय देखी व्यवसाय गर्दै आएका दिपक कुमार उप्रेती र कानुनी क्षेत्रमा काम गर्दै आएका अधिवक्ता नारायण काफ्ले हुनुहुन्छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  १ : ५० बजे