बिर्तामोड८, भदौ / नेपाल सुनचाँदी व्यवसायी संघ झापाको दोस्रो अधिवेशन विहीवारराति बिर्तामोडमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन प्रदेश १का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गरेका थिए । समारोहका प्रमुख अतिथि रहेका मन्त्री कार्कीले सुनचाँदी व्यवसायीका समस्या समाधानमा अर्थमन्त्री र प्रधानमन्त्रीसँग कुरा गरेर निष्कर्ष निकाल्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा संघलाई विभिन्न क्षेत्रबाट विशिष्ठ…