१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा नाप ताैल सम्बन्धि एकदिने अन्तरक्रिया


१५ मंसिर २०७६, आइतबार  

0
Shares

20191201_175344
गौरीगंज १५, मंसिर /झापाकाे गौरीगंजमा नाप तौल सम्बन्धि आज एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।झापा उद्योग बाणिज्य संघ शाखा गौरीगंजकाे आयाेजनामा सम्पन्न अन्तरक्रियामा गौरीगंज क्षेत्रका ब्यापारी र उद्योगपतिहरु सहभागी भएका थिए।नेपाल गुणस्तर तथा नाप तौल बिभाग गुणस्तर तथा नापतौल कार्यलय झापाका प्रमुख कमल ओझाले कार्यक्रममा सहजिकर गरेका थिए।सहजिकरणका क्रममा प्रमुख ओझाले ब्यापारीहरुका कारण उपभोक्ताहरु नापतौलबाट नठगिन र खरिद गरेकाे सामान सहि तौलमा पाउन भन्ने उदेश्यले कार्यक्रम आयाेजना गरिएको जानकारी गराए।सहजिकरणका क्रममा ओझाले ब्यापारीहरुका लागि नाप तौल सम्बन्धि संसाेधित ऐन नियमकाे बारेमा जानकारी गराउदै नाप तौल इकाई बाट प्रमाणीकरण भएका ढक तराजु मात्र प्रयाेग गर्न आग्रह गरेका थिए।ब्यापारीहरुले उपभोक्ताहरुलाई सहि परिणाममा सामान दिन डिजिटल कांटा प्रयाेग गर्न र नियमित रुपमा नाप तौलकाे नविकरण गर्न आग्रह गरेका थिए।नापतौलमा उपभोक्ताहरुले सामान खरिदमा आफुहरु ठगिएकाे सबैतिरबाट गुनासाे आईरहेकाे समयमा ब्यापार गर्ने ब्याबसायीहरुले प्रयाेग गर्ने नापतौल नियमितरुपमा जाँच गराउन र नबिकरण गर्न आग्रह गरेका थिए।गौरीगंज उद्योग बाणिज्य संघ अध्यक्ष तथा कार्यक्रमका सभापति मखना महत्ताेले सामान खरिदमा उपभोक्ताहरु पनि सजक हुनुपर्ने जानकारी गराएका थिए।कार्यक्रमका प्रमुख अतिथि तथा गौरीगंज गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले ब्यापारीहरुलाई नापतौलमा नियमित रुपमा जाँच गराउन र नबिकरण गर्न अनुराेध गरेका थिए।बाणिज्य संघका जिल्ला सदस्य भाेजराज सेढाईले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा गौरीगंज उद्योग बाणिज्य संघ सचिव श्रवण गिरीले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १२ : ४२ बजे