गौरीगंज २९, असार / साहित्य चौतारी गौरीगंजको आयोजनामा २१२ औं भानु जयन्तीको अवसरमा आज आइतवार विशेष कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा स्थित त्रिभुवन आदर्श पुस्तकालयमा आयोजित उक्त कार्यक्रममा स्थानीय राजनीतिक, शैक्षिक तथा साहित्यिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले साहित्य र संस्कृतिको…