१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कमल गाउँपालिकाका ३ स्थानिय युवाहरूले खाेले चिप्स उधाेग


१३ मंसिर २०७६, शुक्रबार  

0
Shares

17d34f39383a1b12bc8c3b59fc109c08.0
दमक १३, मंसिर /
रोजगारीका लागि विदेश जाने युवाहरुको लर्को लागिरहेको वेला झापा कमल गाँउपालिका – ६ का तीन जना युवाहरु भने आफनै गाँउमा स्वरोजगार वन्न आर्कषित भएका छन् । उनीहरुले आफनै गाँउघरमा स्वरोजगार वन्नका लागि साझेदारी घरेलु उद्यम सञ्चालन गरिआएका छन् ।

चिप्स वनाउन आलु तास्ने र प्याकेजिङ गर्नका लागि मेसीनको सहयोगबाट उत्पादन गरिआएका छन् । आलु तास्ने मेसीनमा गाँउपालिकाको ५० प्रतिशत अनुदान रहेको छ । उद्योगमा आलु दैनिक २५० केजी खपत हुन्छ । उत्पादित चिप्स दमकसहित पूर्वी मोरङको उर्लावारी र झापाको काकड्भिट्टासम्म खपत हुदैआएको छ ।

४० बर्ष मुनी उमेर समूहका भिम पराजुली ,टंक पराजुली र रिजु कार्कीले मिलेर गाँउमै झापाली चिप्स उद्योग खोलेर स्वरोजगारसंगै स्थानीयलाई रोजगारीका लागि अवसर समेत दिदैआएका छन् । एक बर्षदेखि शुरु गरिएको उनीहरुको उद्योगमा ९ जनालाई रोजगारी दिएको उद्यमी भिम पराजुलीले बताएका छन् ।
उनका अनुसार शुरुताका ७ लाख रुपैयाको लगानीवाट थालिएको उद्योगमा लगानी पनि थपेर अहिले १० लाख पुगिसकेको छ । उद्योगको उत्पादित खाद्य सामाग्रीको वजार बढ्दै गएपछि लगानी संगै आम्दानी बढ्दै गएको पराजुलीको भनाई छ । ‘उद्योगले विस्तारै व्यवसायिकता पाउदै गएको छ ’ चिप्स वनाउदै गरेका पराजुलीले अन्य उद्यम भन्दा चिप्सको वजारमा आश लागेपछि यो उद्यमको व्यवसायिक शुरुवात गरेको अनुभव सुनाए । भन्छन् ,–‘चिप्सको खपत बढ्दै गएको छ,दैनिक रु २० हजारको कारोवार हुदैआएको छ ’
चिप्स आलुबाट उत्पादन हुन्छ । यसमा आलुवाहेक तेल,नुन लगायतका स्थानीय कच्चा सामाग्रीहरुलाई मिसाएर आलु चिप्स बनाउने गरिन्छ । वजारमा यस्ता खाद्य सामाग्रीको दिनानुदिन माग बढ्दै गएको देखेर चिप्सको वजारमा आर्कषित भएको उद्योगका अर्का सञ्चालक टंक पराजुली वताँउछन् । चिप्सको खाद्य प्राविधिकका रुपमा भिमले मुख्य भूमिका निर्वाह गरिआएका छन् ।
चिप्ससहित विभिन्न उपभोग्य समानको वजारीकरणमा केहि बर्ष काम गरेका भीमले त्यस काम छाडेर आफै उद्यम बन्नुपर्छ भनेर यसरी उद्यम चलाएको टंकको अनुभव छ । ‘आफै स्वरोजगार वन्न चिप्स उद्योग चलाउ भनेर हामी तीन भाई उद्यममा होमियौ’ उनले भने, –‘उद्यमबाट हामी सन्तुष्ट छौं,यसले व्यवसायिकता पाउदै गएको छ ’
झापाका वजारमा चिप्सको माग बढ्दो क्रममा छ भन्ने बुझेर नै भिमको अगुवाईमा सो उद्यम सञ्चालनमा ल्याएका हुन् । उद्योगको प्राविधिक पक्षसहित वजारमा खटिदै आएका भीमले आफनै ठाँउमा स्वरोजगार वन्न घरेलु चिप्स उद्यम शुरु गरिआएको र त्यसवाट आम्दानी समेत मनग्यै दिन थालेको वताए । चिप्स बनाउने प्राविधिक ज्ञान समेत नलिएका तीनै जना युवाले प्रविधिलाई पछ्याउदै यसको व्यवसायिक उत्पादनमा जोड दिएको उनको भनाई छ । ‘चिप्स बनाउने तरिका इन्टरनेटबाट सिकेको हौं’ उनले उत्पादित चिप्सको प्रविधिमैत्री ,खाद्ययोग्यसहित गुणस्तर वनाउन पनि ध्यान दिदैआएको दावी गरे ।
चिप्स वनाउन आलु तास्ने र प्याकेजिङ गर्नका लागि मेसीनको सहयोगबाट उत्पादन गरिआएका छन् । आलु तास्ने मेसीनमा गाँउपालिकाको ५० प्रतिशत अनुदान रहेको छ । उद्योगमा आलु दैनिक २५० केजी खपत हुन्छ । उत्पादित चिप्स दमकसहित पूर्वी मोरङको उर्लावारी र झापाको काकड्भिट्टासम्म खपत हुदैआएको छ । उद्योगले रु १० ,२५, ५० र १०० रुपैयाको चिप्स वजारमा ल्याएका छन् । सरदर दैनिक २० हजार रुपैयाको चिप्स विक्री गरि आएकाले वजारका अन्य चिप्सको तुलनामा झापा चिप्स आम ग्राहकले मनपराईदिएको उद्यमी भिम पराजुलीले वताए । वर्षदिनमा यस चिप्सले दिनानुदिन वजार लिदै गएको उनको भनाई छ ।
चिप्स उद्योगबाट सन्तुष्ट भएका तीन जना युवाहरुको घरेलु उद्यमले जागरिला युवाहरुलाई स्वरोजगार वन्न प्रेरित गरेको गाँउपालिकाका उपाध्यक्ष वेणु शिवाकोटीले वताए । विदेशमा गएर दुख गर्नुभन्दा आफनै गाँउघरमा स्वरोजगार वन्नु उदाहरणीय भएको उनको भनाई छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ४ : ५२ बजे