१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

साग फुटवलमा नेपालले जित्याे स्वर्ण पदक


२४ मंसिर २०७६, मंगलबार  

0
Shares

20191210_174102

काठमाडौं २४, मंसिर मङ्सिर/

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले जित निकालेको छ । नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको छ ।

दशरथ रंगशालामा भएको नेपाल र भुटानबीचको खेलमा नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए भने ५३ औं मिनेटमा सुनिल बलले गोल गरेका थिए ।

खेलको ३६ औं मिनेटमा भुटानका तर्फबाट छेन्जो ग्याल्जेनले जवाफी गोल फर्काएका थिए । फाइनल प्रतिस्पर्धामा विजेता नेपाली टिमले स्वर्ण पदक पाउने छ ।

राउन्ड रोविन लिगमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलबाट १० अंक हासिल गर्दा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो । सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिश्पर्धा भएको हो । अघिल्लो खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ११ : ५५ बजे