१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गायक हरि कार्कीको ‘पोखराकी गुरुङ सेनी स्वर्गकी परी’ बजारमा आउँदै


२० मंसिर २०७६, शुक्रबार  

0
Shares

0bd372867243bf7b630e8f031dbc642f.0

काठमाडौं २१, मंसिर / मोरङ रतुवामाई निवासी गायक हरि कार्कीको नयाँ गीत बजारमा आउने भएको छ । ‘पोखराकी गुरुङ सेनी स्वर्गकी परी ,कसो गरौं अब आहै मनै घर्रबरायो, पाए हुन्थ्यो बोल्न आहै मुखै बर्बरायो’ बोलको गीतको रेकर्डिङ सकिएको छ । रोजी लाबुङ राईको शब्द रहेको यस गीतमा नरेश लिङ्देनले संगीत भरेका छन् ।
लामो समयसम्म संगीत साधना गरेका कार्कीले आफ्नो पहिलो कोशेली स्वरुप गीत रेकर्ड गराएको जानकारी दिए । चाँडै नै भिडियो सहित सार्वजनिक गर्ने तयारी भईरहेको छ, उनले भने‘सबैले माया गरिदिनुहुन्छ भन्ने विश्वास छ ।
त्यसो त सामाजिक सन्जालमा कार्कीको कभरसँगहरु निक्कै रुचाईएको छ । यो त आफ्नै गीत हो, अझ मन जित्छु भन्ने विश्वास छ,उनले भने ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  २ : १७ बजे