काठमाडौं, ११ वैशाख / पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल सार्क राष्ट्रका पूर्वप्रधानमन्त्रीहरुको संगठन बनाउन लागिपरेको छन् । सार्क राष्ट्रबीच एकता र समझदारी बढाउन तथा सार्कको गरिमा बढाउन पूर्वप्रधानमन्त्रीहरुको संगठन आवश्यक रहेको भन्दै नेपाल आन्तरिक तयारीमा जुटेका हुन् । नागरिक दैनिकमा खबर छ । एसियाली राष्ट्रका राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलनका संस्थापकसमेत रहेका नेपालको…