१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बृद्धाश्रमका आमाहरुलाई खाद्यान्न वितरण


२४ बैशाख २०७३, शुक्रबार  

0
Shares

विर्तामोड २४, बैशाख /  मिस एसएलसी झापा २०१६ का प्रतिस्पर्धीहरुले शुक्रवार  परोपकार तथा सेवा केन्द्र बिर्तामोडद्धारा सञ्चालित बृद्धाश्रमका आमाहरुलाई खाद्यान्न तथा लत्ताकपडा बितरण गरेका छन् । मातातिर्थ औासीको अवसर पारेर उनीहरुले सेवामुलक काम गरेका हुन्् । ड्म्सि वल्र्ड इण्टरटेण्टमेण्टको आयोजनामा बिर्तामोडमा भईरहेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धीलाई कोठा भित्रमात्रै समिति नराखेर बाहिरी गतिविधीमा समेत सरिक गराईएको निर्देशक प्रणित पुडासैनीले जानकारी दिनुभयो । प्रतिस्पर्धीहरुले यसअघि ट्राफिक सचेतनामुलक काममा सकृय भएका थिए भने शनिबार चारआलीको पाउ पाथिभारा मन्दिर सरसफाईमा खट्ने छन् ।  एसएलसी दिएर बसेका विद्यार्थीहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनल जेठ ३ गते बिर्तामोडमा हुनेछ ।

प्रकाशित मिति : २४ बैशाख २०७३, शुक्रबार  १ : ०७ बजे