११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

दुधाली महाराजथानको शिलान्यास


२३ बैशाख २०७३, बिहिबार  

0
Shares

गौरादह /  गौरादह ११ दुधालीको दुधालीमा रहेको महाराजथान निर्माण कार्य शुरु भएको छ । बुधबार  स्थानीय वृद्व सेल्ठु राजवंशी र घोघा राजवंशीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । त्यसको निर्माणका लागि १  लाख ४० हजार रुपैया लाग्ने अनुमान गरिएको छ । निर्माणका लागि नगरपालिकाले १ लाख रुपैया उपलब्ध गराएको र थप रकमका लागि चन्दा संकलन गरिने निर्माण समितिका अध्यक्ष धनीक लाल राजवंशीले बताए । महाराजथान परिसरमा नयाँ वर्षमा सिरुवा पर्वमा मेला लाग्दै आएको छ । महाराजथान समितिका अध्यक्ष रघु राजवंशीको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय समाजसेवी श्रीप्रसाद राजवंशीले शुभकामना मन्तब्य राखेका थिए  भने सञ्चालन सचिव गंगाराम राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७३, बिहिबार  ७ : ०१ बजे