१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पढ्नै पर्ने ‘वेदना’


२५ बैशाख २०७३, शनिबार  

0
Shares

bedana 4
गौरीगंज / कविताको बारेमा बोल्नु वा लेख्नु दुवै गाह्रो कुरा हो, शब्द–शब्दलाई उनेर एउटा सुन्दर मालाको रुप दिनु भनेको सामान्य अवश्य पनि होइन । अझ उन्नु मात्रले कहाँ पुग्दछ मालामा उनिएका फूलहरुको रंग संयोजनमा विचार पुर्याउन सकिएन भने माला त बन्दछ तर सुन्दर माला बन्दैन । कन्काइ नगरपालिका – ९ घैलाडुब्बाका देवचरण राजवंशी यिनै गाह्रो कुरालाई सरलरुपमा कविताको माध्यमबाट आफ्नो साहित्यिक यात्राको शुरुवात गरेका छन् । उनको शुरुवाती यात्रा जुन उमेरमा गरेका छन् पक्कै पनि कलिलो छ  यद्यपि उनले लेखेको ‘वेदना’ कविता संग्रहको पाको प्रस्तुतिले एउटा परिपक्क स्राष्टाको झलक दिन्छ । भनिन्छ , साहित्य एक निरस विषय हो भनेर । तर यस कविता संग्रहमा उनले रसै रस थपेका छन् । शब्दको उचित चयन  र ती शब्दहरुलाई सजिवता प्रदान गरेर कविता संग्रह ‘वेदना’मा उनको काव्यकारिताको ओज देख्न सक्छौ । बुवा किष्टलाल राजवंशी र आमा  पुर्णिमा राजवंशी तथा  नुकानी राजवंशीको छोरा देवचरण राजवंशीको जन्म २०५३ साल असोज ५ गते भएको हो । उनको कविता संग्रह ‘वेदना’मा ७५ वटा कविता समावेश गरिएका छन् । कविता नेपाली भाषामा लेखिएको छ । कविता संग्रह ‘वेदना’ को मुल्य १०० राखिएको छ । बुद्व अफसेट प्रेस विर्तामोडमा मुद्रण गरिएको ‘वेदना’ कविता संग्रह एक पटक पढ्नै पर्ने कविता संग्रह हो ।  मानव जिवनका फूल र काँडाहरु, गरिबीका चपेटाहरु, प्रेम र विछोडका उद्वेगहरु, मातृवात्सल्य र मातृभूमिप्रतिका उद्गारहरु उनका कविताहरुमा छचल्एिका छन् । दु:खपूर्ण उद्गार, सन्देशमुलक वाक्य, क्रन्तिकारी अभिव्यक्ति, आमाप्रतिको स्नेहपूर्ण भावले  उनको कवितामा सौन्दर्यता थपिएको छ । पश्मिेली एउटा साहित्यकार आई.ए. रिचार्डसले भनेका छन् – अक्षरमा प्राण हुन्छ, ती जीवित तत्व हुन् । ती जन्मन्छन् ,बढ्छन्, ती टल्किन्छन्, बल्छन् अथवा निभ्छन्, बुढा भएर मछर्न् पनि । एउटा शब्दले अर्को उपयुक्त शब्दको संगत गर्यो भने ती बोल्छन्् र तीबाट प्रकाश निस्कन्छ । यही बाटोमा यही आँटले कवि देवचरण राजवंशी साहित्यिक यात्रामा कस्सिएका छन् ।   प्राज्ञ पवन राजवंशीको कलात्मक  आवरण  तस्विरले ‘वेदना’ कवितामा अझ वेदना थपिदिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७३, शनिबार  १२ : ५१ बजे