बिर्तामोड, २३ वैशाख । झापामा पहिलो पटक समानुपातिक रुपमा स्थानीय सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन प्रकाशनवापत अनुदान दिन थालेको बिर्तामोड नगरपालिकाले अन्तिम किस्ता वापतको रकम अग्रीम भुक्तानी दिएको छ । कोरोना भाइरस (कोरोना–१९) का कारण बन्दाबन्दी भएको समयमा सञ्चारमाध्यमलाई केही भए पनि सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले अग्रीम भुक्तानी दिएको बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । नगरपालिकाले…