१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज कांग्रेस गाउँ कमिटि १ द्वारा ३९ हजार ६ सय राहत हस्तान्तरण


२३ बैशाख २०७७, मंगलबार  

0
Shares

received_606693173530516

गाैरीगंज २३, बैशाख / काेराेना भाइरस संक्रमणका कारण लकडाउनमा परी अप्ठ्यारोमा परेका आर्थिक अवस्था न्यून भएका परिवारका लागि नेपाली कांग्रेस गाउँ कमिटि वार्ड नं. १ ले आज राहत सामग्री हस्तान्तरण गरेकाे छ ।

समितिले गाैरीगंज गाउँपालिकाका वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीलगायत वडासदस्यहरूलाई उत्त राहत हस्तान्तरण गरेकाे हाे ।
समितिले ३९ हजार ६ सय रूपैयाँ बराबरकाे ४ क्वीन्टर चामल, ६० प्याकेट खानेतेल, ४० केजी नुन, ६० केजी दाललगायतकाे सामग्री हस्तान्तरण गरेकाे थियाे ।

नेपाली कांग्रेस गाउँ कमिटि १ का सभापति दिनेश्वर राजवंशी र गाउँ कमिटि सचिव गणेश लाल राजवंशीले सदस्य विनाेद राजवंशी, देवीलाल राजवंशी, नेपाल शिक्षक संघका जिल्ला सहसचिव हरि राजवंशी, टिकनारायण राजवंशी, किशनलाल राजवंशी, विष्णु राजवंशी, टिकालाल राजवंशी, देवीलाल राजवंशी, मुकेश राजवंशी र भिम प्रसाद राजवंशी, विशाल सिटाैलालगायतकाे उपस्थितिमा उत्त राहत वडा कार्यालयलाई हस्तान्तरण गरेकाे थियाे ।

गाउँपालिकाभित्र रहेका गरिब तथा बिपन्न परिवारलाई समान रुपमा राहत बितरण गर्न गाउँपालिकाले एकद्वार प्रणाली नीति अपनाएकाे हुँदा नेपाली कांग्रेस गाउँ कमिटि १ ले नेपाली कांग्रेस पार्टीका सदस्य, शुभचिन्तक तथा दाताहरूबाट सहयाेग जुटाएर राहत सहयाेग गरेकाे वडा सभापति दिनेश्वर राजवंशीले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ३ : २४ बजे