१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वार्ड कार्यालयकाे टहरामा बस्दै आएकी एक वृद्वाकाेे मृत्यु


२३ बैशाख २०७७, मंगलबार  

0
Shares

20200505_110612
गाैरीगंज २३, बैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछीमा एक वृद्वाकाे मृत्यु भएकाे छ ।
वार्ड नं. ६ द्वारा खजुरगाछी बजारमा निर्मित टहरामा बस्दै अाएकी अन्दाजी वर्ष ७५ कि लक्ष्मीदेवी साहकाे मृत्यु भएकाे हाे । उनी एक बर्षदेखि दमलगायत विभिन्न राेगबाट थलिएकी थिईन ।
मृतक साहकाे नातागाेता आफन्त नभएकाे र एक वर्ष देखि उनी विरामी अवस्थामा रहेकाेले उनलाई छरछिमेकले नै खानाकाे व्यवस्था गर्दै आएकाे जनाईएकाे छ ।उनकाे पार्थिव शरिरलाई विषर्जन गर्न वार्ड नं. ६ स्थित डाैवाबारी आर्यघाटमा छरछिमेकले लगेकाे वार्ड कार्यालयका कर्मचारी सजमलाल राजवंशीले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ५ : ३९ बजे