१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रहरीकाे कडा सुरक्षाबीच गाैरीगंज नाका हुँदै सुर्तीजन्य पर्दाथ भित्रिदै


२३ बैशाख २०७७, मंगलबार  

0
Shares

20200505_192133

गाैरीगंज २३, बैशाख / गाैरीगंज गाउँपालिक्षेत्रभित्र रहेका विभिन्न नाकाकाे प्रयाेग गर्दै नेपालमा प्रतिवन्धित सुर्तीजन्य पदार्थ भित्रिरहेकाे खुलेकाे छ ।

काेराेना भाईरसकाे संक्रमणबाट बच्न र राेकथामका लागि नेपाल सरकारले लगाएकाे लकडाउनकाे माैका छाेपी गाैरीगंज क्षेत्रकाे विभिन्न नाका प्रयाेग गर्दै रातारात तस्करहरूले सुर्तीजन्यसहित खाद्यान्न पर्दाथहरू भित्राई रहेकाे स्थानियहरूले बताएका छन् ।

भारतीय सीमासंग जाेडिएकाे गाैरीगंज गाउँपालिकाकाे करिब २० किलाेमिटर खुल्ला सिमामा १ किलाेमिटर दुरिमा सशस्त्र प्रहरीकाे अस्थायी पाेस्टमा पालैपालाे २४ सै घण्टा प्रहरीले डिउटी दिएपनि तरस्करहरूले सुर्तीजन्य पदार्थ रातारात भित्राईरहेकाे स्थानीय बुधलाल चन्द्र सिंह गन्गाई बताउँछन् ।
‘ राती साईकलमा समान लगेकाे हामी थाहा पाउँछाै गाैरीगंज गाउँपालिका वार्ड नं.५ फत्तेपुर बस्ने उनी भन्छन् – तर हेर्ने वित्तिकै तस्करहरू भाग्छन् र गायब हुन्छन् । ‘

सुर्ती मात्र हाेईन चिनी, तेललगायत अन्य खाद्यान्न सामानहरू पनि फत्तेपुर नाकाबाट भित्रीरहेकाे उनले बताए ।
साईकलका साईकल यस नाकाबाट रातारात भित्रिरहे पनि प्रहरीले उनीहरूलाई नदेख्नु अच्चम भएकाे बताउँदै स्थानीयहरूले कहि कतै प्रहरीकाे मिलेमताे त छैन शंका जताए ।

गाैरीगंज गाउँपालिका वार्ड नं. १ काे भारतीय सीमासंग जाेडिएकाे नेपाली भुभागमा रहेकाे मकैबारी प्रयाेग गर्दै तस्करहरूले सुर्ती नेपाल भित्राईरहेकाे स्थानियहरू बताउँछन् ।

सीमा क्षेत्रमा विघाकाे विघा मकै खेत छ । त्यही मकै खेतकाे प्रयाेग गर्दै तस्करहरूले राती मात्रै हाेइन दिउसै पनि सुर्ती नेपाल भित्राईरहेकाे स्थानिय घनश्याम राजवंशीले बताए । उनले भने – ‘ सिमामा प्रहरी बसेकाे छ तर पनि कसरी तस्करहरूले समानहरू ल्याउँछन् अच्चमित छु ?’

यता साेमवार विहान गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ५ फत्तेपुर जनताचाैकमा प्रहरीले ४५ केजी सुर्ती बरामद गरेकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ५ जनता चाैक बस्ने अन्दाजी वर्ष ५० काे माेटेश्वर सिंहले साईकलमा भारततर्फबाट सुर्ती ल्याउदै गरेकाे अवस्थामा विहान ५ बजे सशस्त्र प्रहरी गाैरीगंजकाे टाेलीले पक्राउ गरेकाे थियाे । उनलाई आवश्यक कार्वाहीकाे लागि प्रक्रिया अगाडि बढाएकाे सशस्त्र प्रहरी सिमा सुरक्षा बलका प्रहरी निरीक्षक साईमन श्रेष्ठले बताए ।
गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ५ फत्तेपुर नाकामा सिमामै अस्थायी प्रहरीकाे पाेस्ट स्थापना गरिएकाे छ । त्यहाँ प्रहरीले २४ घण्टा सुरक्षा दिईरहेकाे बताईन्छ । तर  प्रहरीकाे पाेस्ट भन्दा करिब १ किलोमिटर भित्र नेपाल तर्फ जनता चाैकमा प्रहरीले बरामद गरेकाे थियाे ।

सिमामा प्रहरीकाे कडाईका बीच तस्करले उत्त सुर्ती कसरी नेपाल भित्रायाे त ? स्थानियवासीहरू प्रश्न गर्छन् ।
सशस्त्र सिमा सुरक्षा प्रहरी बल गाैरीगंजका प्रहरी निरीक्षक साईमन श्रेष्ठले प्रहरीले सिमामा २४ सै घण्टा सुरक्षा दिएकाे बताए । उनले सिमा खुल्ला भएकाेले तस्करहरूले प्रहरीलाई समेत छलेर सामान ल्याउन सक्ने भएर स्थानियहरूले पनि सहयाेग गर्नु पर्ने बताए ।
मुलुकभर लकडाउन लगाएकाे समयमा बाेर्डर पनि पुर्णरूपमा सिल गरिएकाे छ । सरकारले विश्वभर फैलिरहेकाे काेराेनाकाे संक्रमणलाई नियन्त्रण गर्न र त्यसबाट बच्न लकडाउनसंगै बाेर्डर पुर्णरूपमा सिल गरिएकाे हाे । नेपाल भारत आवतजावत बन्द गरिएकाे छ । उता भाररतकाे विहारमा समेत काेराेना भाईरसबाट संक्रमित बिरामी बढिरहेका बेला यसरी भारतबाट अवैधरूपमा सुर्तीलगायत खाद्यान्न पर्दाथ भित्रिनुले साेहि भित्रिएका पदार्थबाट काेराेना भाईरसकाे संक्रमण सार्न सक्नेे जाेखिम बढाएकाे छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १ : ४४ बजे