१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हुलाकी सडकमा काम गर्ने ३४ जना मजदुर पैदलै घर हिडेपछि अलपत्र


२३ बैशाख २०७७, मंगलबार  

0
Shares

20200505_121255
गाैरीगंज २३,बैशाख / गाैरीगंज गाउँपालिका अन्तर्गत हुलाकी सडकमा काम गर्ने मजदुरहरू अलपत्र परेका छन् ।
सुर्खेत जिल्लाकाे भेरीगंगा नगरपालिका वार्ड नं. ९ बस्ने ३४ जना मजदुरहरू अलपत्र परेका हुन् । ठेकेदार कम्पनीले खाने र बस्ने व्यवस्थाकाे राम्राे प्रबन्ध नगरेकाे भन्दै उनीहरू पैदल घर हिडेपछि अलपत्र परेका हुन् ।
उनीहरू अाज विहान आफ्नाे लत्ताकपडा र सरसमान लिएर पैदल घर हिडेपछि गाैरादह नगरपालिका वार्ड नं. ७ गुवालडुब्बामा केही स्थानिय युवाहरूकाे सहयाेगमा वार्ड कार्यालयमा राखिएकाे गुवालडुब्बा युवा समाजका अध्यक्ष भाेला चक्रवर्तीले बताए ।

हुलाकी सडकमा काम गर्ने मजदुर लालबीर केसीले हप्तादिन देखि कम्पनीले रासन नदिएकाे बताए । गत चैत ८ गते काम गर्न आएका केसीले निर्माण कम्पनीलाई घर फर्कने कुरा भन्दा आज भाेली भन्दै टार्दै आएकाे र रासनपानी समेत नदिएकाे आराेप लगाए । ‘अन्तिममा जेसुकै हाेस् भन्दै हामी पैदल हिडेका हाैं’, उनले भने – ‘रासन नदिएपछि भाेकै बस्नु भएन ?,

हुलाकी सडक निर्माण गर्न ठेक्का लिएका कम्पनीका प्राेजेक्ट म्यानेजर दिपक श्रेष्ठले उनीहरूकाे खाना र बस्ने व्यवस्थामा कुनै कमी नगरिएकाे बताए । उनीहरूलाई घर पुर्याउन पासकाे व्यवस्थाका लागि सम्बन्धि निकायमा पहल गर्दा गर्दै उनीहरू अटेर गरेर आफै घर हिडेकाे बताए ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले हुलाकी सडकमा काम गर्ने मजदुरहरूकाे खाने र वस्ने व्यवस्थामा समस्या भएकाे विषयलाई लिएर काेही कतैबाट नआएकाे बताए । मजदुरहरूलाई खानाखान अप्ठ्याराे भए गाउँपालिका सम्पर्क गरेदिख हामीले त्यस्काे व्यवस्थापन गर्दैथ्याै तर खबर नआएपछि हामीलाई कसरी थाहा हुन्छ ? अध्यक्ष श्रेष्ठले भने – घर जाने विषयमा केही दिन अघि चलेपनि सम्बन्धित निकायसंग समन्वय गरेर गर्नुपर्ने भएकाेले समय लागेकाे हाे ।

20200505_124659
सरकारले लगाएकाे लकडाउनका कारण बाध्यतावस पैदल घर हिडेका मजदुरहरूबाट काेराेनाकाे संक्रमण बढ्न सक्ने उच्च जाेखिम हुदा उनीहरूकाे सुरक्षा र स्वास्थकाे जिम्मा सम्बन्धि निकायले लिन जरूरी देखिन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ६ : ३३ बजे