तारामणी सापकाेटा / निजी अस्पतालले ज्वरो आएका बिरामीलाई गेटबाट फर्काउन थालेपछि प्रदेश १ सरकारले विराटनगरको नेसनल ट्रेनिङको गोदामलाई अस्पताल बनाउन थालेको छ । नाफा कमाउन सक्रिय निजी अस्पतालले उपचार नगर्ने भएपछि प्रदेश सरकारले कोरोनाका संक्रमितका बिरामीको उपचार गर्न अलग्गै अस्पताल बनाउने तयारी गरेको हो । प्रदेश सरकारले भेन्टिलेटरसहितको ५० बेडको अस्पताल निर्माण गर्नु स्वागत योग्य…