४ श्रावण २०८१, शुक्रबार | Sat Jul 20 2024

उहिलेका महामारीलाई फर्केर हेर्दा


१६ चैत्र २०७६, आइतबार  

0
Shares

indrasingh
इन्द्रसिंह राजवंशी /

अहिले कोरोना भाइरसको सन्त्रास विश्वभरि फैलिरहँदा उमेरले ८० पुग्न लागेकी कलावती राजवंशीलाई बिफरको कहालीलाग्दो महामारीको संझना आउँछ । आफू मुश्किलले बाँचेपनि उनले त्यस भयानक महामारीमा आफ्ना दुई छोरी गुमाउनु प¥यो । ७ वर्षकी मेमवती र ४ वर्षकी इन्द्रवतीलाई गुमाउँदाको घटना संझिदा उनलाई अहिले भएका शाखासन्तानको चिन्ता लाग्छ । ७ छोराछोरीकी आमा र १९ नातिनातिनीकी हजुरआमा कलावती घरपरिवारलाई सम्झाउँदैे भन्छिन् —आल्हा फौती आसिचे चुकिए घरते रहन् ( अहिले महामारी आएको छ जोगिएर घरमै बस है ! )
बिर्तामोड —९ मा छोराबुहारीसँग बस्दै आएकी कलावती आफूले बिफरको महामारीमा भोगेको भोगाई अरुसँग साट्ने प्रयास गर्छिन् । महामारीको बेला सरसफाइमा बिशेष ध्यान दिन उनी सल्लाह दिन्छिन् । उनको पालामा महामारी रोक्न मुख्यतः दुईवटा उपाय अवलम्बन गर्ने गरिन्थ्यो । पहिलो देवीदेवतालार्ई खुसी पार्ने , दोस्रो सतर्कतापूर्वक सुरक्षित रहने उपाय अवलम्बन गर्ने । औषधी उपचार नभएपछि देवीदेवतालाई मनाउनुबाहेक अर्को बिकल्प थिएन । उनी अझैँ आफ्ना छोराहरुलाई धामीझाक्री ल्याउन अह्राउँछिन् ।भन्छिन्—गसाइ आनिए चातर बान्ह ना रे(कुलगुरुलाई बोलाएर आफ्ना सदस्यलाई सुरक्षित बनाऊ ।) धामीझाक्रीमा बढी बिश्वास गर्ने राजवंशी जातिमा आफ्ना कुलगुरुद्वारा तन्त्रमन्त्र गर्न लगाएर आफ्नो घरपरिवारलाई सुरक्षित बनाउने चलन अझै छ । कुलगुरुले तन्त्रमन्त्र गरिदिएपछि घरआँगनमा रोगब्याधि र दुष्ट शक्ति प्रवेश गर्न नसक्ने बिश्वास गर्छन् । त्यो तान्त्रिक बिधि नयाँ वर्षमा गर्ने चलन छ ।

उनी अझैँ आफ्ना छोराहरुलाई धामीझाक्री ल्याउन अह्राउँछिन् ।भन्छिन्—गसाइ आनिए चातर बान्ह ना रे(कुलगुरुलाई बोलाएर आफ्ना सदस्यलाई सुरक्षित बनाऊ ।) धामीझाक्रीमा बढी बिश्वास गर्ने राजवंशी जातिमा आफ्ना कुलगुरुद्वारा तन्त्रमन्त्र गर्न लगाएर आफ्नो घरपरिवारलाई सुरक्षित बनाउने चलन अझै छ । कुलगुरुले तन्त्रमन्त्र गरिदिएपछि घरआँगनमा रोगब्याधि र दुष्ट शक्ति प्रवेश गर्न नसक्ने बिश्वास गर्छन् । त्यो तान्त्रिक बिधि नयाँ वर्षमा गर्ने चलन छ ।
७० बसन्त पार गरेका बिर्तामोड—२ का कृष्णप्रसाद राजवंशी(चिमित) पनि उहिलेको त्यो बिफरको त्रासदीपूर्ण महाब्याधीलाई अहिलेको कोरोना भाइरसको महामारीसँग दाँज्ने कोसिस गर्छन् । २०१० सालतिर तराईमा फैलिएको बिफरको त्यो महामारीबाट उनले मुश्किलले ज्यान जोगाएका थिए । ‘बिर्ताबजारबाट बसाइ सरेर चारपाने नगएको भए ज्यान जोगाउन गाह्रो हुन्थ्यो होला’उनी संझिन्छन् ।त्यतिबेला बिफरको महामारीले बिर्ताबजारमा धेरैले ज्यान गुमाएका थिए । ‘एकपछि अर्को गर्दै भटाभट मान्छे मर्न थालेपछि बिर्ताबजारमा भागाभाग भयो’उनी भन्छन्,‘डरले हाम्रो सपरिवार बसाइ स¥यौँ ।’त्यतिबेला बिर्ताबजारमा एउटा मात्र औषधी पसल रहेको उनले बताए ।
बिफरका महामारीका बेला दुवै भुक्तभोगीले लकडाउनजस्तो अनुभव त्यतिबेला नै भोगेका थिए । बिफरको महामारीले ज्यान जान थालेपछि डरले कोही पनि घरबाट बाहिर निस्किदैन थिए । बाहिरको मानिसलाई घरमा आउन बन्देज थियो । अहिलेको जस्तो जनघनत्व नभएको बेला महामारीको त्रासले गाउँबस्ती सुनसान हुन्थ्यो । त्यतिबेला महामारीलाई दैवी विपत्ति मानिन्थ्यो । देवताका नाममा उपासना, जप, ध्यान, व्रत, पूजा, भाकल आदि गरेर महामारी रोक्ने प्रयास त्यतिबेला गरिन्थ्यो । यसो गर्दैगर्दा महामारीबाट सुरक्षित रहन अन्य उपाय पनि समानान्तर रूपमै अपनाउने गरिन्थ्यो । यही मेसोमा संक्रमित मानिसलाई बस्तीबाट अलग्गै राखिन्थ्यो ।
उहिलेको परिस्थिति संझिदै कलावती भन्छिन्—मुखत् धान दिले खोइ फुटिल हले (त्यतिको भयभित कहिल्यै भएका थिएनौँ ।)उनले बिफर(पानीगुटी)को महामारीबाट जोगिन आफूहरुले त्यतिबेला माता भगवतीलाई भाकल गरेको बताइन् । अझैँ पनि राजवंशीहरुले दादुरा निस्केको खण्डमा माता भगवतीको पुजाआराधना गर्ने गर्छन् । बिफरको महामारीको बेला घरआँगनको सरसफाइ, उठबस , खानपान, पुजापाठजस्ता कुरामा ध्यान दिएको उनले स्मरण गरिन् ।
बिफरको महामारीबाट बस्ती—बस्तीमा ज्यान गएपनि अहिलेको जस्तो आतंक सिर्जना नभएको कृष्णप्रसाद बताउँछन् । ‘उहिले सञ्चारमाध्यम थिएन’ उनी भन्छन्,‘घैलाडुब्बामा भएको घटना चारपानेका मानिसलाई थाहा हुदैनथ्यो ।’ कोरोना भाइरसको भन्दाबढी मानवीय क्षति त्यतिबेला भएको उनले बताए ।
कोरोना भाइरसको महामारीसँगै यसअघि खेपेको यस्तै महामारीको खोज हुन थालेको छ । संसारमा यस्ता महामारी पहिलो पटक भएको होइन । कोरानाभन्दा ठूला र संसारमा महामारीको रुप लिएका रोगसँग विश्वले अनेकौं पटक जुधेको छ । करोडौंको संख्यामा मानवीय क्षति व्यहोर्दै फेरि यस्ता रोग नियन्त्रण गर्न विजय प्राप्त गरेको छ । कुनै समय हैजा, बिफर मानव इतिहासको सबैभन्दा क्रुर हत्याराका रुपमा चित्रित थिए । यी रोगलाई मानिसले बनाएका सीमाले रोक्न सकेन । १२ हजार वर्ष अस्तित्वमा रहेको बिफर रोगले त तीस करोडदेखि ५० करोड मानिसलाई मृत्युको मुखमा पु¥याएको विश्वास गरिन्छ । प्लेगले त २० करोड मानिसलाई स्वाहा बनाएको थियो । त्यस्तै पटकपटकको हैजाको महामारीबाट नेपालमा धेरैजनाले ज्यान गुमाएका छन् । प्रायः सबै हैजा भारतबाटै आउने गरेकोे थियो ।

नेपालमा हैजा र बिफरको महामारी सबैभन्दा बढ्ता फैलिएको पाइन्छ । तराईसँगै काठमाडौं उपत्यकाका बासिन्दालाई त्रसित बनाइरहने रोग हैजा र बिफर थिए । त्यतिबेला बिफरसँगै हैजाको महामारीले देशभरका मानिसलाई आक्रान्त बनाउने गथ्र्यो । हैजाको महामारीबाट मानिसहरू कति भयभित थिए भन्ने कुरा कसैलाई गाली गर्नुप¥यो भने ‘ए हैजा’ भन्ने शब्दावलीको प्रयोगले आजका मितिसम्म पाएको निरन्तरताले पनि देखाउँछ । २०७१ सालको भूकम्पयता कसैलाई सराप्नुपर्दा जसरी ‘भुइँचालोले लग्न नसकेको’ अर्थात् ‘भुइँचालोमा मर्नुपर्ने खालको स्वभाव भएको तर दुर्भाग्यले बाँचेको’ भनिन्छ, त्यसरी नै कुनै बेला त्यस्ता मानिसलाई ‘हैजाले लग्न नसकेको’ भनिन्थ्यो । यसले कोरोना भाइरसले हामीलाई अहिले जसरी त्रस्त बनाएको छ, त्यसरी नै हैजाको महामारीले यहाँका मानिसलाई कुनै बेला त्रस्त बनाएकोे भन्ने देखाउँछ ।
महामारीसम्बन्धी उहिलेको भोगाइ अहिलेको अत्यासलाग्दो समयमा मार्गदर्शक बन्न सक्छन् । यसबाट हामीले महामारी समय–समयमा आउँदो रहेछ र गुज्रिदो पनि रहेछ भनी महसुस गर्न सक्छौँ । महामारीले मानवीय क्षति गराए पनि मानवजातिको समग्र अस्तित्वमाथि नै धावा बोल्न चाहिँ सकेको छैन । यी तथ्यलाई हेरेर हामीले संकटको यस घडीमा आत्मबल उँचो बनाउनुपर्छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ९ : २७ बजे