१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापा क्षेत्र नं. ४ काे मुहार फेरिदै, भाैतिक पूर्वाधार विकासमा याेजनैै याेजना


१२ बैशाख २०७८, आइतबार  

0
Shares

दमक १२, वैशाख/ संघीय र प्रदेश संसदको निर्वाचनपछि झापा क्षेत्र नं ४ मा भौतिक पूर्वाधारको बिकासले फडको मारेको छ । जिल्लाको मध्य तथा अधिकांश भुभग राजमार्गको दक्षिण क्षेत्रमा पर्ने यस क्षेत्रका कन्काई र शिवसताक्षी नगरपालिका तथा गौरादह नगरका एउटा वडा र गौरीगञ्ज गाउँपालिकाका २ वटा वडामा पछिल्लो समय भौतिक पूर्वाधारको बिकासले फडको मारेको हो ।
झापा क्षेत्र नं ४ का संघीय सांसद एलपी साँवाको पहलमा यस क्षेत्रका मुख्य मुख्य सडकहरु धमाधम कालोपत्रे भइरहेका छन । भारतीय सीमा र भारतीय बोर्डर ( उत्तर दक्षिण) जोडने सडकको स्तरोन्नतीले यहाँको पूर्वाधार बिकास अपेक्षाकृत रुपमा बढिरहेको संकेत गर्दछ । सुरुङगाबाट शरणामती, झापा बजार हुँदै भारतीय बजार दिंगलबैंक सम्म जोडने सडकको कालोपत्रेले त्यस भेगका सर्वसाधारणको राजमार्ग सम्मको पहुँच सहज बनाएको छ भने त्यस भेगमा रहेको खोला नदीको कटान र डुबानको समस्या समाधानका लागि समेत नदी तटबन्धनको कार्यले स्थानीयहरुलाई ठुलो राहत पुगेको छ । त्यस भेगको प्रमुख समस्या भनेकै खोला नदी हो , जनताको तटबन्धन कार्यक्रम मार्फत ठाउँ ठाउँमा नदी नियन्त्रणको योजना धमाधम कार्यन्वयन भइरहेको छ– सांसद साँवाले निष्कर्ष न्यूजसंग भने– अब क्षेत्र नं ४ बासीले साँच्चिकै बिकास र समृद्धिको अनुभूती गर्नेछन् ।
उनले सो क्षेत्र अन्तर्गतको तत्कालिन महाभाराको होक्कलबारी र कोरोबारीको आमगाछीमासहित जनताको तटबन्धन कार्यक्रमका लागि ८ करोडको योजना कार्यन्वयन भइरहेको बताए ।
उत्तर दक्षिण सडकमा सतासीधामदेखि झिलझिले , धौले चोक– हवल्दार चोक जनता चोक हुँदै होक्कलबारी सडक कालोपत्रेको योजना पनि प्रदेश सरकार मार्फत कार्यान्वयन भइरहेकोले अब त्यसभेगका नागरिकहरुले कालोपत्रे बाटो हिंडन पाउने छन । गौरीगञ्ज १ का विष्णु राजवंशीले सो क्षेत्रमा भइरहेको सडक कालोपत्रेको योजनाले त्यहाँका नागरिकहरुलाई बिकास र समृद्धिको अनुभूति दिलाएको बताए । सोही क्षेत्रमा पर्ने हुलाकी मार्ग अन्तर्गत किस्नी खोलादेखि कन्काई सम्मको खण्ड यसै बर्ष कालोपत्रे हुने सांसद साँवाले दाबी गरे । अन्यत्र हुलाकी मार्गमा छिटफुट अवरोध भएपनि हाम्रो क्षेत्रमा कुनै किसिमको अवरोध छैन,यसै बर्ष किस्नीदेखि कन्काई सम्मको खण्ड कालोपत्रे हुनेछ – सांसद साँवाले भने । सोही क्षेत्रमा पर्ने भारतीय दशगजा सम्म जोडिएको केर्खा क्याम्पा कुञ्जीबारी बोर्डर सडकको हाम्रो चोकदेखि भन्सार हुँदै भारतीय दशगजा क्षेत्र ( बोर्डर आउट पोस्ट ) सम्मको खण्ड सडक कालोपत्रेका लागि डिपीआर भइसकेकाले आगामी बजेटमा सो सडक कालोपत्रेको योजना समावेश हुने सांसद साँवाले जानकारी दिए ।
बजेट निर्माणको क्रम चलिरहेको छ, हामीले हाम्रो तर्फबाट त्यो सडक कालोपत्रेको योजनालाई समावेश गर्ने सुनिश्चित गरिसकेका छौं– साँवाले भने –अब हाम्रो क्षेत्रको बिकास कुनै हालतमा रोकिदैंन । त्यसैगरी शहरी बिकास मन्त्रालयको १ करोडको लागतमा धरमपुर पाँचगाछी सडक, ५० लाख रुपैयाँको लागतमा दोमुखा–चिल्लागढ सडक, ५० लाख रुपैयाँमा नै मिलन चोक चिल्लागढ सडक, सम्झना चोक–सुन्दरपुर सडक, १ करोडको लागतमा बैगुन्धुरा – पाँचगाछी सडक र २ करोड ५० लाख रुपैयाँको लागतमा बैगुन्धुरा बजार बिकासको योजना कार्यान्वयनमा रहेको जनाइएको छ । संघीय सरकारको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत गौरीगञ्ज १ को भन्सार बजारमा पूर्वाधार निर्माण कार्य सकिएको छ भने झोलुङगे पूलले साविकको महाभारा गाविसको वडा नं , ७, ८ र ९ तथा पाँचागाछीको रंगियाथान सम्मका नागरिकहरुलाई सहज बनाएको छ ।

(निष्कर्ष न्युज साप्ताहिकबाट )

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ४ : ०६ बजे