१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शिक्षा र शिक्षकको पेसागत आन्दोलन


२३ माघ २०७६, बिहिबार  

0
Shares

20200206_213515

पुर्ण प्रसाद गौतम
अध्यक्ष नेपाल शिक्षक संघ प्रदेश नंं. १

नियत भनौँ वा नियति ?
संस्कार भनौँ वा संरचना ?
सोचको अभाब कि स्रोतको?
नीति कि नेतृत्वको असक्षमता?
प्रवृत्ति उस्तो कि पात्र उस्ता?
चित्रमा मात्र त्रुटि कि चरित्र ?
चिन्ता मात्रै हो कि चिन्तन्?
दृश्य हेरिरहने कि दृष्टिकोण बदल्ने हो ?
समस्यामाथी खेलिरहने कि समाधान खोज्ने हो?
अधिकारको दण्ड मात्र बोक्ने कि कर्तव्य र दायित्व निर्वाह ?
यस्ता अनगिन्ती जिज्ञासा र चासोको बिचमा आजको हाम्रो शिक्षा क्षेत्र गुज्ररिहेको छ । सुन्दर नेपालको सपना निदाएर होइन ,बिउझिएर मात्र पूरा गर्न सकिन्छ । दीर्घकालीन सोच र नीतिगत प्रबन्ध बिना यो असम्भव नै छ । तर,हामी अझ अस्तव्यस्त र अन्यौल ग्रस्त शैक्षिक यात्राका यात्रु बनिरहेका छौ । न नीतिगत स्पष्टता न कार्यान्यवनमा एकरुपता ! यो जटिल परिस्थितीमा शिक्षा क्षेत्रका सबै सरोकरवालाहरुको गम्भिर ध्यान जान जरुरी छ । असल ब्यवस्थापनबाट मात्र अपेक्षित असल परिणाम प्राप्त गर्न सकिन्छ भन्ने मान्यताको आधारमा सबै संवेदनशील बन्नु पर्ने परिबेश सृजना भएको छ । विशेष गरी विद्यालय शिक्षाको उचित ब्यबस्थापनका लागि ,आफ्नो पेसा प्रतिको कर्तव्य बोधका साथ पेसाकर्मीहरूको पेसागत हक र हितलाई सुरक्षित गराउन नेपाल शिक्षक महासङ्हको विशेष भूमिका आजको आवस्यकता हो ।  विगतका आन्दोलनका मुद्दा र सम्झौता कार्यान्वयनमा तीव्रता र अग्रसरता देखाउदै सम्झौता हुन बाकी सवालहरुलाई यथासक्य छिट्टै सम्बोधन गरेर ठोस निष्कर्ष निकाल्न सक्रिय हुनु पर्ने बेलामा ,महासंंघ केवल विज्ञप्ति र अभिनयमा मात्र अल्मलिएको भान भै रहेको छ । एकातिर बिगतमा भएको सम्झौताको प्रतिकूल हुने गरी सरकारका तर्फबाट निर्णय हुँदै जानु र अर्कोतिर महासंंघ नेता ज्यूहरु नियमित मन्त्रालयमा धाइ रहेको सूचना आइरहनुले ,नेतृत्वको कार्यशैली र ब्यबहार प्रती गम्भीर आशंका पैदा हुनु अस्वाभाविक होइन । यसको आशय या त महासंंघ चुकेको छ, या चाहिरहेको छैन , या सकिरहेको छैन ? यीनै प्रश्न  जन्मिरहेका छन् । निश्चय पनि आम शिक्षाकर्मीहरुका  सार्वजनिक  चासोका यस्ता विषयमा ,नेतृत्व मूकदर्शक भएर रहनु शोभनीय होइन । तसर्थ यस बारे नेपाल शिक्षक महासंंघ र आबद्ध संस्थाका केन्द्रीय नेताजीहरुको प्रष्ट धारणा र ठोस कार्यक्रम आउन जरूरी छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ३ : ५४ बजे