१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ग्वालडुब्बा युवा समुहद्वारा खेलकुद सामाग्री वितरण


३ फाल्गुन २०७६, शनिबार  

0
Shares

20200215_205550

गाैरादह ३, फागुन / झापाको गौरादह नगरपालिका वडा नं. ७ मा रहेकाे ग्वाल्डुब्वा युवा समूहले एक कार्यक्रमका बीच  आज खेलकुद सामाग्री बितरण गरेकाे छ । बालबालिका तथा युवाहरुलाई मानसिक तथा शारीरिकरूपमा खेलकुदकाे माध्यमबाट अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्ने उदेश्यले खेलकुद सामाग्री वितरण गरिएकाे हाेे ।
ग्वाल्डुब्वा युवा समूहका अध्यक्ष भोला चक्रवर्तीले फुटबल, भलिवल नेटलगायतका सामाग्रीहरू बालबालिका तथा युवाहरूलाई वितरण गरेका हुन् । गौरादह -७ ग्वाल्डुब्वा स्थित  महाराज चौकका  स्थानीय युुुवाहरूलाई  खेेेेलकुद विकासका  लागि उक्त  सामाग्री  वितरण  गरिएकाेे जनाईएकाे छ ।
सोही कार्यक्रममा ग्वाल्डुब्वा युवा समूहका उपाध्यक्ष पदम दर्जी स-सचिव प्रकाश चुडाल,  सदस्यहरू केशव रेग्मी, जोगिन्द्रर ताजपुरिया , सोनाराम महली, सन्तोष नेपाली बिजय दास , पल्लाद राजबंशी , बिश्वनाथ राजबंशी, लक्की ताजपुरियालगायतका युवाहरू साथै सामाजिक बौद्धिक ब्यक्तिहरूकाे उपस्थिति रहेको  थियाेे  ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ३ : २३ बजे