१४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026

पहिलो आठ महिनामा व्यापार घाटा १२.५ प्रतिशतले घटेर ३ खर्ब ९३ अर्बमा सिमित


९ बैशाख २०७३, बिहिबार  

0
Shares

काठमाडौं  ८,  वैशाख /  चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा १२.५ प्रतिशतले Tradeभएको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ३१.१ प्रतिशतले बढेको थियो ।

भारतीय नाकाबन्दी र तराई आन्दोलने यस वर्ष वैदेशिक व्यापार घटेको हो । समिक्षा निर्यात २४.९ प्रतिशतल घटेर ४२ अर्ब ७३ करोडमा सीमित भएको छ । आयात १३.९ प्रतिशतले घटेर रु. ४३५ अर्ब ८० करोड पुगेको छ ।

निर्याततर्फ भारतमा जिङ्क शीट, लत्ताकपडा, जि.आई. पाइप, जुस लगायतका वस्तुहरु, चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोसाक लगायतका वस्तुहरु र अन्य मुलुकतर्फ दाल, प्रशोधित छाला, छालाका तयारी सामान, चिया लगायतका वस्तुहरुको निर्यात घटेकोे छ ।

आयाततर्फ भारतबाट पेट्रोलियम पदार्थ, एम.एस.विलेट, रासायनिक मल, मेसिनरी तथा पाटपूर्जा लगायतका वस्तुहरु, चीनबाट मेसिनरी तथा पार्टपूर्जा, विद्युतीय सामान, औषधिजन्य उपकरणहरु, स्टिल रड तथा सीट लगायतका वस्तुहरु तथा अन्य मुलुकबाट चाँदी, खाने तेल, कच्चा पाम तेल, तामाको तार लगायतका वस्तुहरुको आयात घटेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७३, बिहिबार  १२ : ०७ बजे