१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापा सहित ६ जिल्लाका प्रहरी उपरीक्षक (एसपी) को सरुवा


२ फाल्गुन २०७५, बिहिबार  

0
Shares

20190214_160043

काठमाडौं २, फागुन / नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको बढुवा सिफारिससँगै सरुवा तथा पदस्थापना प्रक्रिया शुरु भएको छ ।
प्रहरी प्रधान कार्यालयले आठ वटा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख परिवर्तन गरेको छ । जिल्ला प्रहरी प्रमुखका रुपमा सरुवा हुनेमा छ जना एसपी र दुईजना डीएसपी रहेका छन् ।

प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय झापामा दिनेश मैनाली, सर्लाहीमा गोपालचन्द्र भट्टराई, मकवानपुरमा मुकेशकुमार सिंह, रौतहटमा भुपेन्द्र खत्री, कञ्चनपुरमा दिनेश आचार्य र बागलुङमा कृष्णहरी शर्मा सरुवा हुनुभएको छ ।
त्यस्तैं, म्याग्दीमा डिएसपी मुकुन्द मरासिनी र दार्चुलामा डिएसपी भेषराज रिजाल सरुवा हुनुभएको छ । ती जिल्लाका प्रहरी प्रमुख बढुवाका लागि सिफारिस भएसँगै उहाँहरूको सरुवा गरिएको हो ।

चार दिनअघि १४ जना एसपीलाई एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक ) र २६ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको थियो । महानगरीय प्रहरी वृत्त दरबारमार्गमा विनोद शर्मा सरुवा हुनुभएको छ ।
यसैबीच, एक नम्बर गणमा दीपकराज खरेल, पथलैया ट्राफिकमा योगबहादुर पाल, दङ्गा नियन्त्रण गण हेटौंडामा धुवराज राउत, पहरा गणमा कुबेर कडायत, महानगरीय अपराध महाशाखामा केदार ढकाल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दीपक रेग्मी सरुवा हुनुभएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  १० : १७ बजे