१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकाे ऐतिहासिक दन्तकाली मन्दिरमा आजदेखि ७२ घण्टे अखण्ड अष्टजाम शुरू, मन्दिर परिसर झकिझकाउ



गाैरीगंज २२, गौरीगञ्ज / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित दन्तकाली मन्दिर छेउमा आज मंगलबारदेखि ७२ घण्टे धार्मिक अनुष्ठान (अखण्ड संकितर्न अष्टजाम ) शुरू हुने भएकाे छ । विहान १० बजे देखि कलश यात्रापछि औपचारिक कार्यक्रम रहेकाे आयाेजक समितिले जनाएकाे छ ।
‘काली दुर्गा राधेश्याम , गाैरी शिव, सिताराम ! धार्मिक गायनसहित ७२ घण्टा अष्टजाम हुने आयाेजक समितिका सचिव प्रकाश चन्द्र राजवंशीले बताए ।

मुर्ति, स्वागत गेट, अतिथि सत्कारलगायतका कामहरू तयारी भइसकेको श्री श्री १०८ दन्तकाली अखण्ड अष्टजाम ७२ घण्टाकाे हुनेछ । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित उत्त कामन्दिर गाउँपालिका कै धार्मिक एवं सांस्कृतिक सम्पदाकाे सुचीमा राखी यसकाे भाैतिक संरचनाकाे विकास र स्थायी व्यवस्थापनमा सुदृढ गर्न अावश्यक रहेकाे
आयाेजक समितका अध्यक्ष देवी प्रसाद राजवंशीले बताए ।

मन्दिरकाे ऐतिहासिक पक्ष
साबिकको गौरीगञ्ज गाविस वडा नं. ५ र केहि अन्य वडाका जग्गाहरु श्री दन्तकाली मन्दिर गुठी बिजयपुर धरानको नाममा श्रेस्ता कायम रहेको र सो जग्गाका उल्लेखित वडाका रैतिहरुबाट मालपोत बर्षेनी गुठियारहरुबाट यसै गौरीगंज गाबिस वडा नं. ५ मै बसी वसुल उपर गर्ने गरेकोमा सोहि मन्दिरको सम्झना स्वरुप २०११ सालमा यस मन्दिरको स्थापना भएको थियो ।
लामो समयसम्म परालको छाप्रोमा सिमित यस मन्दिरलाइ २०५८ सालमा तत्कालिन गाबिस अध्यक्ष देवी प्रसाद राजवंशीको अगुवाइमा हरिलाल राजवंशीको अध्यक्षतामा समिति बनाइ जिर्नोद्वार गरिएको थियो । ३०६५ सालमा सो समिति गठन गरि मखना महतोको अध्यक्षतामा नयाँ समिति बनाइएको थियो । यही नयाँ समितिले २०६८ सालमा धान्याञ्चल महापुरानको आयोजना गरि करिव १३ लाख रुपैया आर्थिक संकलन गरेकाे थियाे । सो रकमबाट हाल आधुनिक डिजाइनको मन्दिर निर्माण गरिएको छ ।
२०६९ साल भदौ ११ गते जिप्रका झापामा सँस्थाका रुपमा दर्ता भएको थियाे ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ७ : २७ बजे