१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारतकाे विभिन्न स्थानमा गाैरीगंजका ६ सय ६० जना प्रहरीकाे तथ्यांक


१३ जेष्ठ २०७७, मंगलबार  

0
Shares

20200505_121255

गाैरीगंज १३, जेठ /  कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ ।
यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) तथा विभिन्न मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढाएका छन् तर कति नेपाली ल्याउने भन्ने तथ्याङ्क भने यकिन छैन ।

दुवै समितिमा विशेष भूमिका निर्वाह गरिरहेका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार विदेशबाट ल्याउने नेपालीको अनुमानित सङ्ख्या विश्लेषण गरी समितिमा प्रस्ताव गरिएको हो । झण्डै नौ लाख नेपाली ल्याउने अवस्था आउन सक्छ ।

यसैबीच ईलाका प्रहरी कार्यालय गाैरीगंजले राेजगारी तथा अध्ययनका लागि छिमेकी मुलुक भारतमा रहेका नेपालीहरूकाे तथ्यांक सार्वजनिक गरेकाे छ ।
गाैरीगंज गाउँपालिकामा घर भई राेजगारी र अध्ययनका सिलसिलामा भारतकाे विभिन्न स्थानमा ६ सय ६० जना रहेकाे गाैरीगंज प्रहरीकाे तथ्यांक छ। त्यसमध्ये गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. १ मा १६५, वार्ड नं. २ मा १५७, वार्ड नं. ३ मा १३१, वार्ड नं. ४ मा ५५ वार्ड नं. ५ मा ९१, वार्ड नं. ६ मा ७० जना भारतकाे विभिन्न स्थानमा रहेकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरिक्षक गणेश भट्टराईले जानकारी दिए ।

 यसैगरी गाैरीगंज प्रहरीले जम्मा ८ सय ६८ जनामध्ये गाैरादहकाे वार्ड नं. ६ मा १४१, वार्ड नं. ७ मा ४८ र वार्ड नं. ८ मा १९ जना भारतकाे विभिन्न स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  १० : ११ बजे