१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रतुवा खाेलाबाट अावतजावत गर्न अब सहज हुने , चारचक्के सवारी साधन गुड्नसक्ने खालकाे डाईभर्सन निर्माण हुने


२६ कार्तिक २०७५, सोमबार  

0
Shares

20181112_204820
गाैरीगंज २६, कार्तिक / हुलाकी राजमार्ग अन्तर्गत गाैरीगंज गाउँपालिका र रतुवामाई नगरपालिका जाेडने रतुवा खाेलामा अावतजावत गर्न सहज हुने भएकाेे छ ।
गाैरीगंज गाउँपालिकाले रतुवा खाेलाबाट सहज अावतजावत गर्न चारचक्के सवारी साधन गुड्न सक्ने खालकाे ह्याम्पपाईप राखि डाईभर्सन निर्माण गरेर अावतजावतलाई सहज बनाउन लागेकाे हाे ।
वर्षात बाहेककाे समयमा अावतजावत गर्न सहज हाेस भन्ने उधेश्यले खाेलामा ह्याम्पपाईप राखि डाईभर्सन निर्माण गर्न लागेकाे गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ बताउँछन् ।
गाैरीगंज गाउँपालिकाले ह्याम्प पाईप खरिदका लागि १२ लाख रूप‌ैया बजेट छुट्याइएको जनाएकाे छ ।
हुलाकी राजमार्ग अन्तर्गत रतुवा खाेलामा करिब १० मिटर लामाे डाईभर्सन २२ बटा ह्याम्प पाईप र हुलाकी राजमार्गम‌ै पर्ने चिल्हाराकाे चन्द्रे खाेलामा करिब ८ वटा ह्याम्पपाईप राखेर चारचक्के सवारी साधन अाउजाउ गर्न सक्ने भएपछि स्थानिय उत्साहित भएका छन् ।
रतुवा खाेलाकाे निर्माणधिन पुल अलपत्र भएपछि अाजित बनेका स्थानियबासी गाउँ पालिकाकाे पहलमा निर्माण हुन लागेकाे डाईभर्सनलेे ( वैकल्पिक बाटाे ) केही राहत मिल्ने उनीहरू बताउँछन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं ५ चिल्हाराकि सीतादेवी राजवंशीले रतुवा खाेलामा अावतजावत गर्न डाईभर्सन बनेकाे अाफुुुु सुन्दा खुसी भएकाे बताईन् ।
उनले भनिन – ‘ एकदम राम्रो भयाे , अब विराटनगर यतैबाट जान सजिलाे भयाे ‘

पुल निर्माण नहुदा सास्ति

माेरङ र झापाको सिमानामा रहेको रतुवा खाेलामा बन्न थालेको पुल १० बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेन । नेपाल सरकारले सिमाबर्ती क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेता पनि अहिले त्याे भने अधुरै रहेको पाइएकाे छ । माेरङ र झापालाई जाेड्नेे रतुवा खाेलामा पुल निर्माण सम्पन्न नहुदाँ त्यस भेगमा रहेका अधिकांंश सर्वसाधारणहरु बिगत ३० बर्ष देखि डुङ्गा (नाऊ) काे माध्यमबाट अावत जावत गर्ने बाध्य रहेका छन । २०६५ सालमा भाैतिक तथा निर्माण मन्त्री रहदा बिजय कुमार गच्छेदारले शिलान्यास गरेकाे साे पुल हालसम्म पनि निर्माण सम्पन हुन सकेको छैन । २०६६ सालमा कालिका कट्रसनले १० कराेड रुपैयाँमा ठेक्का पाएकाे थियो । सव कन्ट्याक्ट्मा कालिकाले गाैरी पार्वती कल्ट्रसनले जिम्मा लगाएकाे थियो । उक्त पुलकाे २ सय मिटर लम्बाई गाैरी पार्वतीले २०७३ सालमा निर्माण सम्पन गरेता पनि खाेलाकाे चाैडाई बडि भएको हुनाले उक्त पुलकाे पुर्वपट्टी बाट पुनः एक सय देखि एक सय ५० मिटर काे लम्बाई थप्नु पर्ने भएको हुनाले निर्माण नसकिएको सुनसरी माेरङ कुल अायाेजनाका निमित प्रमुख कैलाश साहले बताए । २ सय मिटर लम्बाईकाेे पुल निर्माण भई सकेता पनि पुलकाे उचाइ १० फिट अल्गाेे रहेेकोहुुुुनाले पुर्व र पश्चिम तर्फ सडक समेत नभएको कारण समस्या परेको स्थानीय बताउछन् । बिगत दिन वर्ष देखि उक्त खाेलामा डुङ्गा (नाऊ) संन्चालन गर्ने गाैरीगञ्ज गाउँ पालिकाले वार्षिक २ लाख रुपैयाँ मा ठेक्का लगाउने गरेको छ । स्थानीय श्याम राजबंशीका अनुसार अाफुहरु दैनिकी यस खाेलाबाट झापाको गाैरीगञ्ज अावत जावत गर्ने गरेको उनी बताउँछन् । उनले भने खाेलामा सामान्य पानी हुदा डुङ्गामा माेटरसाईकल हालेर अावत जावत गर्ने गरेको भएता पनि अत्यधिक जाेखिम रहेको समेत बताए । रतुमाई नगरपालिका ३ बस्ने कैलाश कुमार श्रेष्ठ ले भने रतुवा खाेलामा बनाएकाे पुल अहिलेसम्म पनि निर्माण नसक्दा अाफुहरुलाई अावत जावत गर्ने कठिनाई भएको बताए । डुङ्गामा अावत जावत गर्दाे ठेक्का लिएर डुङ्गा चलाउने ब्यक्ति हरुले मनपरि रकम असुली गर्ने गरेकाे र डुङ्गामा चडेपछि सबै जनाले भगवानको नाम जप्दै बस्ने गरेको फुलसरी तापजुरीयाले बताईन ।

अहिले एक व्यक्तिकाे २० रुपैयाँ , साईकल काे १० रुपैयाँ र माेटरसाईकल काे ५० रुपैयाँ लिने गरेको उनको भनाइ रहेको छ । खाेलाकै कारण ले गर्दाे २ बिधा खेत अहिले वालुवामा परिर्णत भएको छ । उनलेे भने बिगत बर्षमा अाएकाे बाडिका कारण सबै खेतीयोग्य जमिन अहिले बाझै राख्न बाध्य रहेका छन । चुनावकाे समयमा खाेलामा तटबन्धन बाँधने नारा लिएर चुनाब जितेका नेताहरु अहिले खाेला फर्काउने कुनै पहल समेत गरेको उनले अाराेप समेत लगाए । स्थानीय रमेश चाैधरी भन्छन खाेलामा पानीको वाहव बडेपछि नाउँ (डुङ्गा ) चलाउन नसके पछि स्थानीयहरुले गाैरीगञ्ज पुग्नका लागि माेरङकाे अामवाडि हुदै दमक पुगेर ३ घन्टाको समय पार गरेर जानुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

उर्मिला देवि ताजपुरीया ले भनिन चाडपर्व काे समयमा डुङ्गा मा बडि रकम असुली गर्ने गरेका छन । अहिले मानिस र साईकलकाे ३० रुपैयाँ लिएता पनि चाडपर्व काे समयमा ५० रुपैयाँ सम्म लिने गरेका छन । बडि रकम लिएर जनताहरुलाई दुख दिने गरेको उनले बताईन । जुन नेता अाएपनि जनताकाे लागि भलाेहुने काम नगरेकाे अाराेप समेत लागईन । पिडारी चाेक देखि १ किलोमिटरमा रहेको रतुवा खाेला पुग्नका लागि अधिकान्स ठाउँ मा बिगतमा अाएकाे बाडिका कारण सडक समेत भत्किएको र सर्वसाधारणहरुले अरुकाे घान खेतीबाट हिड्न बाध्य रहेका छन । अरुकाे खेती बाट हिडदा गाली सहेर हिड्नु पर्ने बाध्यता रहेको उनी बताउछिन् । उक्त पुल निर्माण भए
र संन्चालनमा अाएमा बिराटनगर देखि भद्रपुर सम्म अावत जावत गर्नेका लागि सर्वसाधारण हरुलेे बिराटनगर ,ईटहरी, दमक र बिर्तामोड जाने झन्झट बाट मुक्त पाउने र हुलाकी राजमार्गकाे बाटो अावत जावत गर्ने छाेटाे र सहज हुने स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार  ३ : २० बजे