५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

कोरोना संक्रमित थप दुईको निधन, मृत्यु हुनेको संख्या २२ पुग्यो


४ असार २०७७, बिहिबार  

0
Shares

20200528_210918

 

 

 

 

 

 

 

 

 

गौरीगंज ४, असार / स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले कोरोना संक्रमित थप दुईजनाको निधन भएको पुष्टि गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका– ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहा– २ की ४३ वर्षीया महिलाको मृत्यु भएको  बिहीबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत पुरुषलाई ३१ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनकाे ३ असारमा मृत्यु भएको गौतमले जानकारी दिए ।

त्यसैगरी मृत्यु भएकी महिलालई  ३१ जेठमा टाउकोमा चोट लागेर उपचारका लागि नेपालगन्ज शिक्षण अस्पतालमा   भएकी  भर्ना    भएकी उनको टाउकाेकाे सर्जरीअघि २ असारमा स्वाब संकलन गरी परीक्षण गर्दा ३ असारमा कोरोना संक्रमण पुष्टि भएको गाैतमले बताए ।

संक्रमण देखिएका थप दुईजनाकाे मृत्यु भएसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २२ पुगेकाे छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  १२ : ५१ बजे