१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज- ६ कन्चिरामा एकै रातमा तीन घरमा चाेरी





गाैरीगंज ३, असाेज /   गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित कन्चिरामा गएराती एकैटाेलका तीन घरमा चाेरी भएकाे छ । करिब ३ देखि ५ सय मिटर दुरीमा रहेकाे एकैरातमा तीन घरमा चाेरी भएकाे हाे ।

गाैरीगंज -६ कन्चिरा निवासी महासेर आलमकाे घरमा अाईतवार राती सुनचाँदीका गरगहना सहित नगद चोरी भएको छ । घरमा सुतिरहेको अवस्थामा घरकाे पछाडीकाे टाँटी काटेर १ तोला सुनका गरगहना , ४० तोला चाँदी, १ लाख रूपैया नगद र मोवाईल चोरी भएको पीडित आलमले बताए । साेही टाेलकी मीना सरदारकाे घरबाट ३५ हजार नगद चाेरी भएकाे छ । घरकाे ढाेका खाेली राती सुतिरहेकाे अवस्थामा चाेरी भएकाे मीनाले बताईन् । त्यैसगरी कन्चिरा टाेलमै घर भएकी सकुन्तला महताेकाे साईकल चाेरी भएकाे नसिरउदिन मियाँले जानकारी गराए । ईलाका प्रहरी कार्यालय गाैरीगंजकाे टाेली विहान चाेरी भएकाे घटनास्थल पुगेकाे थियाे । चाँड पर्व नजिकिएसंगै गाैरीगंज क्षेत्रमा पछिल्लाेसमयमा चाेरीका घटना बढ्दै गएकाे छ । हिजाे आईतवार मात्रै ईलाका प्रहरी कार्यालय गाैरीगंजले वितिय संघ संस्थाकाे प्रतिनिधिहरूसंग सुरक्षाका विषयमा छलफल गराएकाे थियाे ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १० : ०५ बजे