१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

गौरादह नगर कांग्रेसद्वारा १५११ सदस्यीय मूल प्रचार समिति गठन



गौरादह १४, माघ / नेपाली कांग्रेस गौरादह नगर समितिको आयोजनामा आज बुधबार प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि नगरस्तरीय प्रचारप्रसार समिति गठन गरिएको छ।

नगर समितिको आयोजनामा सम्पन्न भेलाले १५११ सदस्यीय मूल नगर प्रचारप्रसार समिति गठन गरेको हो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेश सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेसकी महिला नेतृ तथा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार मन्दरा चिमरिया पौडेल सहभागी रहनुभएको थियो।

कार्यक्रममा नगर उपसभापति द्वय, सचिवसहित नगर समितिका पदाधिकारी तथा सदस्यहरू, क्षेत्रीय प्रतिनिधिहरू, प्रतिनिधिसभा क्षेत्र नं. ५ झापाका क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्र नं. ५ (क) का सभापति तथा पदाधिकारीहरू, पार्टीका जिल्ला सदस्यहरू, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यहरू, भ्रातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरू, शुभेच्छुक संस्था तथा संगठनका प्रतिनिधिहरू र नेपाली कांग्रेस झापाका जिल्ला उपसभापति शेरबहादुर भट्टराई लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

भेलाले नगरस्तरमा प्रचारप्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आठवटा विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ। साथै, सबै वडामा प्रचारप्रसार समिति गठन गर्ने, वडावडामा पार्टीका झण्डा फहराउने तथा संगठनात्मक गतिविधिलाई तीव्रता दिने निर्णय पनि गरिएको छ।

बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई चुनाव चिन्ह “रुख” मा अत्याधिक मतसहित विजयी गराउने गरी संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस गौरादह नगर सभापति तथा नगरस्तरीय चुनाव प्रचारप्रसार समिति संयोजक यादवराज सेडाईले गर्नुभएको थियो।

प्रकाशित मिति : १५ माघ २०८२, बुधबार  ९ : ४६ बजे