१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आदिवासी रंगशालाको विकल्प तत्काल वन्द भएको घोषणा


१ असार २०७६, आइतबार  

0
Shares

20190616_072734

दमक १, असार / झापाको कमल ५ स्थित आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले सरकार पक्षसंग भएको सहमति कार्यान्वयन नभएको भन्दै आदिवासी रंगशालाको विकल्प तत्काल वन्द भएको जनाएको छ । प्रतिष्ठानले बैठकको निर्णय सार्वजनिक गर्दै विगत केही महिना देखि रंगशाला समिति र राज्यपक्षका प्रतिनिधिहरुबीच रंगशालाको नामको विकल्पको विषयमा छलफल भइरहेको र त्यस छलफलको भाव अनुसार सरकार गंभीर नभएकाले विकल्प नखोज्ने निर्णयमा पुगेको जनाएका हुन् ।
शनिवार दमकमा पत्रकार सम्मेलन गरि प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले राज्य पक्ष सहमति अनुुसार थप प्रकृया बढाउन तयार नभएकाले रंगशालाको विकल्पको सवै पक्ष तत्काल वन्द गर्ने निर्णय भएको बताउनुभयो । उहाँले विकल्पतर्फ पहिलो सर्त माग बमोजिम भोगाधिकार दिलाउने तर्फ राज्यले यतिका समयमा पनि काम गर्ने मनस्थिति नगरेपछि बाँध्य भएर त्यस प्रकृया स्थगित गर्नुपरेको जानकारी दिनुभयो ।
रंगशाला समिति विकास विरोधी नभएको जिकीर गर्दै उहाँले उचित समय आए राज्य पक्षसंग थप वार्ता, छलफल गर्न भने तयार रहेको जानकारी दिनुभयो ।
राज्य पक्षसंग समितिले आदिवासी स्मृति पार्कको लागि १५ विगाह जग्गाको भोगाधिकार सहित अत्याधुनिक सुविधासम्पन्न संग्रहालय सहितको पार्क निर्माण गरिनु पर्ने र सो पूर्व उत्तर क्षेत्रमा पर्ने करिब १५० हेक्टर जग्गा धार्मिक वनको रुपमा भोगाधिकार सहित हस्तान्तरण भएमा नामको विषयमा छलफल गर्न सकिने निर्णय भएको प्रतिष्ठानका महासचिव दिपेनवाला राईले वताउनुभयो । तर राज्य पक्षसंग भएको प्रारिम्भक सहमतिको तीन महिना बढी समय अवधिमा राज्य पक्षबाट भोगाधिकारको बारेमा सामान्य प्रक्रिया समेत अघि नबढाइएकाले निर्णय फिर्ता लिन वाध्य हुनुपरेको महासचिव राईले वताउनुभयो ।
प्रतिष्ठानले आदिवासी रंगशालाको नामका विकल्पको बहसलाई अन्त्य गर्दै आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको नाममा नै बजेट बिनियोजन गरि रोकिएको विकासका कामलाई अगाडि बढाइ दिन समेत संघीय सरकार, प्रदेश सरकार साथै स्थानिय सरकालाईलाई अनुरोध गर्ने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १ : ४२ बजे