
गौरीगंज २६, वैशाख / वित्तीय क्रियाकलापहरूको बारेमा ज्ञान दिने उद्येश्यले विजय लघुवित्त वितिय संस्था लि. शाखा कार्यालय गौरीगंजले आज एक दिने वित्तिय सारक्षता कार्यक्रम सम्पन्न गरेको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गौरीगंज क्याम्पसमा आयोजना गरिएको वित्तिय सारक्षता कार्यक्रम सम्पन्न् भएको हो ।
करिब ५० जना भन्दा बढी सदस्यहरु सहभागिता रहेको उक्त कार्यक्रममा विजय लघुवित्त वितिय संस्थाका केन्द्रिय कार्यालयका अनुगमन अधिकृत तेज बहादुर खड्काले सहजीकरण गरेका थिए ।
वित्तीय निर्णयहरू लिन सक्ने बनाउनु, साथै महिलाहरुले बचत खाता खोल्न, बचत गर्न, ऋण लिन, ब्याजदर, बिमा, विद्युतीय सेवा, उद्यम तथा व्यवसाय योजना, बजार अध्ययन र वित्तीय योजनाहरू तथा निर्णयहरू गर्न सक्ने क्षमता र प्रदान गराउने उद्येश्यले एक दिने वितिय साक्षरता कार्यक्रम राखिएको संस्थाका गौरीगंज शाखा प्रमुख नेत्र घिमिरेले बताए ।
विजय लघुवित्त वितिय संस्थाका केन्द्रिय कार्यालयका अनुगमन अधिकृत तेज बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विजय लघुवितिय वित्तीय संस्था लि. गौरीगंज शाखा प्रमुख नेत्र घिमिरे, पूर्व नेपाल बहुउद्येश्यीय सहकारी संस्था लि. गौरादहका प्रमुख रमेश प्रसाद राजवंशी, पत्रकार आत्माराम राजवंशी, विजय लघुवित्त वित्तिय संस्था मधुमल्ला शाखा प्रमुख अनिल कुमार विश्कर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए । विजय लघुवित्त वित्तिय संस्था गौरीगंज शाखाका कर्मचारी सागर फुयाल, विनोद राजवंशीलगायत मनिका देवी राई, उर्मिला कटुवाल, फूल कुमारी राजवंशी, रेखा कुमारी राजवंशीलगायतको सहभागिता थियो । कार्यक्रमको स्वागत संस्थाका प्रमुख नेत्र घिमिरेले गरेका थिए भने सञ्चालन संस्थाका कर्मचारी सागर फुयालले गरेका थिए । पुरा समाचार भिडियोमा पनि … लिङ्कमा क्लिक गर्नुहोस् ।https://youtu.be/nYlky4bvacw?si=l9VczoBVGZnlSvj4


